गौरीगंगामा न्यायिक समिति तथा मेलमिलापकर्ताको भूमिका विषयक एकदिने गोष्ठी सम्पन्न

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कैलाली -गौरीगंगा नगरपालिका न्यायिक समिति चौमालाको आयोजनामा न्यायिक समिति तथा मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ।

नगर प्रमुख देबिदत्त कँडेल प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम न्यायिक समिति संयोजक भोजबहादुर बमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा न्यायिक समिति, मेलमिलापकर्ता, भलमान्सा तथा प्रहरी प्रतिनिधिको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गोष्ठीमा बोल्दै नगर प्रमुख कँडेलले संविधानले स्थानीय तहमा दिएको न्यायिक समितिको अधिकार ग्रामीण भेगमा सहज र छरितो न्याय सुनिश्चित गर्ने प्रभावकारी संयन्त्र भएको बताउनुभयो। उहाँले यस प्रणालीले स्थानीय विवाद समाधानमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।

संयोजक बमले स्थानीय जनस्तरमा मेलमिलाप केन्द्र तथा न्यायिक समितिप्रतिको विश्वास बढ्दै गएको बताए। उहाँले जिल्ला अदालतका न्यायाधीशहरुद्वारा समयसमयमा हुने अनुगमनले समितिको कार्य प्रभावकारी बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी, मेलमिलाप संयोजक हेमन्तराज जोशी (बाजे), कार्यपालिका सदस्य मदन नेपाली, वडा संयोजक पार्वती बुढा ऐर लगायतले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा जिल्ला न्यायाधीश दण्डपाणि चालिसे र श्रेष्तेदार चेतराज पन्तले न्यायिक समिति र मेलमिलापकर्ताको भूमिका, जिम्मेवारी र कार्यदायित्वबारे सहजीकरण गर्नुभएको थियो। सहभागीहरूले स्थानीय तहमा न्याय पहुँचलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेका थिए।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.