जोरायल गाउँपालिकाले ५६ करोड ७० लाख बराबरको बजेट पेस

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी – डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ७० लाख ६० हजार रुपैयाँ बराबरको बजेट पेस गरेको छ। मंगलबार गाउँपालिकाको २० औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष जमुना बोहराले आगामी वर्षको लागि बजेट प्रस्तुत गरेकी हुन्।

यसअघि गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले वैशाख ७ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता र उद्देश्यहरू बजेटमार्फत कार्यान्वयन गर्न प्रस्ताव गरिएको उपाध्यक्ष बोहराले जानकारी दिइन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

उनका अनुसार बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, लघु उद्यम, पूर्वाधार र सामाजिक विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ। “स्थानीय उत्पादन, रोजगारी, र सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी बजेट प्रस्ताव गरिएको हो,” उपाध्यक्ष बोहराले भनिन्।

शिक्षा क्षेत्रमा विद्यालय सुधार तथा गुणस्तरीय सिकाइ प्रवाह, स्वास्थ्यतर्फ स्थानीय स्वास्थ्य संस्था सुदृढीकरण, सुरक्षित मातृत्व सेवा र सरसफाइ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग, सिंचाइ सुविधा, अनुदानमा मलबीउ वितरण, पशुपालन र व्यवसायिक खेतीलाई प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ।

गाउँपालिकाले स्रोतको अधिकतम उपयोग, पारदर्शी कार्यान्वयन, नागरिक सहभागिता र नियमित अनुगमनलाई समेत जोड दिएको उल्लेख गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.