
डोटी, असार १२ – औषधि व्यवसायी संघ डोटीले आफ्नो ५२औँ स्थापना दिवस विभिन्न सामाजिक कार्यहरू गर्दै मनाएको छ। स्थापना दिवसको अवसरमा संघले डोटी जिल्लाका सामुदायिक, निजी तथा सरकारी अस्पतालहरूमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।

संघका कोषाध्यक्ष आइ जङ्ग कुँवरले कार्यक्रमलाई सम्बोधन गर्दै औषधि व्यवसायीहरूको सामाजिक उत्तरदायित्व, संघको भूमिका र स्वास्थ्य सेवा क्षेत्रमा दिँदै आएको योगदानबारे जानकारी गराए। उनले संघद्वारा हालसम्म सञ्चालित सेवा कार्यहरू तथा आगामी दिनमा सञ्चालन गरिने योजनाहरूको समेत उल्लेख गरे।

हरेक वर्ष जस्तै यस वर्ष पनि औषधि व्यवसायी संघ डोटीले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै सकारात्मक भूमिका निर्वाह गरिरहेको छ। स्थापना दिवसलाई समाजप्रतिको उत्तरदायित्वका रूपमा लिंदै संघले मानवसेवामा निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।



