
हेमन्त जोशी।
कैलाली , असार १३ — कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ स्थित जन जागृत माध्यमिक विद्यालयका ३२ जना स्काउट बिद्यार्थीलाई पोशाक वितरण गरिएको छ। वडाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्र–छात्राहरू तथा एक जना स्काउट शिक्षकलाई पोशाक वितरण गरिएको हो।

पोशाक वितरण कार्यक्रम वडा अध्यक्ष मनिराम जोशीको अध्यक्षतामा सम्पन्न भयो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा नेपाली प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा वडा सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका, व्यवस्थापन समिति सदस्यहरू र बिद्यार्थीहरूको उपस्थिति रहेको थियो।
स्काउट बिद्यार्थी र प्रशिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र धामीका अनुसार स्काउट गतिविधिमा सक्रिय बिद्यार्थीहरूलाई थप हौसला दिन कार्यक्रम आयोजना गरिएको हो।


