जोरायल र चुरे गाउँपालिकाबीच समन्वयात्मक बैठक सम्पन्न, साझा विकासमा सहकार्यका प्रतिबद्धता

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, असार ३० –
जोरायल गाउँपालिका, डोटी र चुरे गाउँपालिका, कैलालीबीचको संयुक्त अन्तर स्थानीय तह गाउँ कार्यपालिकाको समन्व बैठक सोमबार जोरायल गाउँपालिका–२ स्थित छहरा झरना स्थलमा सम्पन्न भयो। बैठक जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाको अध्यक्षतामा बसेको थियो। बैठकमा चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रजवारको बिशेष आतिथ्यता, जोरायल उपाध्यक्ष जमुना कुमारी बोहरा, चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापा, जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री गणेश दत्त भट्ट, चुरे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत काली प्रसाद भट्ट, दुबै पालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

बैठकमा दुवै पालिकाबीचको अघिल्लो आर्थिक वर्षमा भएको समन्वयात्मक बैठकको निर्णय कार्यान्वयन समिक्षा गर्दै कार्यान्वयन हुन बाँकी रहेका विषयहरूलाई अब थप प्रभावकारी रूपमा अगाडि बढाइने निर्णय गरियो। अघिल्ला निर्णयहरूको पुनरावलोकन मार्फत आवश्यक नीति तथा रणनीति अपनाउँदै सहकार्यलाई संस्थागत गर्ने कुरामा बैठकले जोड दियो।

पोषण खाजा सम्बन्धि सन्देश

दुवै पालिकाको साझा हित र विकासका प्राथमिकतालाई ध्यानमा राख्दै संघीय तथा प्रदेश सरकारलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने तयारी थाल्ने सहमति पनि बैठकमा भयो। दुबै पालिकाको संयुक्त टोली भौतिक रूपमा उपस्थित भई ज्ञापनपत्र बुझाउने र त्यसका माध्यमबाट साझा विषयहरूमा नीति निर्माण तहमा ध्यानाकर्षण गराउने निर्णय गरियो।

स्थानीय प्राकृतिक स्रोत तथा सम्भावनाको संरक्षण र उपयोगका लागि छहरा झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा पनि गम्भीर छलफल भयो। सोही अनुसार झरनाको प्रचार–प्रसार गर्न विभिन्न माध्यम प्रयोग गर्ने, आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने, र आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको हो।

जिल्ला वन डोटी

बैठकले सिमावर्ती क्षेत्रमा रहेका आधारभूत आवश्यकता सम्बोधन गर्ने योजनाहरू आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी साझेदारीमा कार्यान्वयन गरिने निर्णय गर्‍यो।
जस अन्तर्गत, जोरायल–४ र चुरे–३ को सिमामा पर्ने शान्तीनगर क्षेत्रको दोहोरो बस्तीमा खानेपानी व्यवस्था सुधार गर्ने योजना तथा जोरायल–२ र चुरे–३ को कमला नदी किनारमा रहेको वस्तीसम्म पुग्ने सडकको स्तरोन्नति कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।

बैठकको अवसरमा बोल्दै जोरायल गाउँपालिका अध्यक्ष दुर्गा दत्त ओझाले भने, “सीमावर्ती क्षेत्रको समुचित विकास गर्न दुवै पालिकाले साझा सोच र सहकार्यको बाटो रोज्नु आजको आवश्यकता हो। यो बैठकले आपसी विश्वास र समन्वयलाई अझ मजबुत बनाएको छ।”

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रजवारले भन्नुभयो, “हामी दुवै पालिकाले अब विकासको गति सँगसँगै अघि बढाउनेछौँ। सीमावर्ती जनताको आवश्यकता बुझेर साझा काम गर्ने अवसरलाई यो बैठकले नयाँ दिशा दिएको छ।”

जोरायल उपाध्यक्ष जमुना कुमारी बोहराले भनिन्, “साझा योजना र कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक सेवामा समेत प्रभावकारी काम गर्न सकिन्छ भन्ने विश्वास लिएकी छु।”

चुरे उपाध्यक्ष धना देवी थापाले भनिन्, “सीमावर्ती बस्तीहरूमा पूर्वाधार र सेवा पहुँचका चुनौती समाधान गर्न साझेदारीमा योजना कार्यान्वयन अत्यन्त उपयोगी हुनेछ। नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्दै अघि बढ्छौँ।”

सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकले दुई गाउँपालिकाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूको धारणा अनुसार, यस्ता नियमित अन्तरपालिका बैठकहरूले विकासको गतिमा सकारात्मक प्रभाव पार्नेछ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.