जोरायलका जनप्रतिनिधिको प्रतिबद्धता: “रचनात्मक आलोचना र सुझाव ग्रहण गर्छौ”

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, साउन ३ –
जोरायल गाउँपालिकाका जनप्रतिनिधिहरुले गाउँपालिकाको हितमा आउने सुझावहरु र रचनात्मक आलोचना ग्रहण गर्ने प्रतिबद्धता जनाएका छन।

शनिबार सम्पन्न गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधिहरुले उक्त प्रतिबद्धता गरेका हुन । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बाहिर बसेर मात्र आलोचना गर्नुभन्दा सार्वजनिक सुनुवाइ जस्ता लोकतान्त्रिक माध्यम मार्फत पालिकासँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामी सुझाव र आलोचना ग्रहण गर्न तयार छौं। तर त्यो सुझाव यस्ता सार्वजनिक मञ्चमा आउनुपर्छ, जहाँ समाधानको ढोका पनि खुल्ला हुन्छ।”

पोषण खाजा सम्बन्धि सन्देश

उहाँले थप स्पष्ट पार्नुभयो, “कसैले फेसबुक वा चिया गफमा आलोचना गर्नुको सट्टा यस्ता सुनुवाइ कार्यक्रममा भाग लिएर आफ्नो आवाज उठाउनुस्, पालिकाले त्यसलाई ध्यानपूर्वक ग्रहण गरेर नीति र योजना निर्माणमा समावेश गर्नेछ।”

जिल्ला वन डोटी

अध्यक्ष ओझाको सभाध्यक्षमा सम्पन्न सार्वजनिक सुनुवाइमा गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले समावेशी सहभागितामार्फत जनमुखी शासन अभ्यासको जग बलियो बनाउनेतर्फ जोड दिँदै भन्नुभयो, “सार्वजनिक सुनुवाइ जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर हो, यसलाई अझ सशक्त बनाउने हाम्रो प्रयास रहन्छ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष वीरबहादुर दर्लामीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन वडास्तरमै जनचासोका विषयमा खुला संवाद आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले नागरिकको सक्रियता विकास र पारदर्शिताको मेरुदण्ड भएको उल्लेख गर्नुभयो।

नजर मिडिया प्रा.लि.ले सहजीकरण गरेको कार्यक्रममा पालिकाका कृषि, पशु, शिक्षा, स्वास्थ्य, योजना, आर्थिक प्रशासन लगायत विषयगत शाखाका प्रमुखहरूले आ–आफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। यस्तै, सेवाग्राही र नागरिकबाट उठेका प्रश्नहरूको जवाफ सम्बन्धित शाखा प्रमुख, समितिका संयोजक तथा जनप्रतिनिधिहरूले दिएका थिए। पालिकाको आ व २०८१/०८२ मा चालु तर्फ ८८.१५ प्रतिशत, पुँजी गत तर्फ ८८.४० प्रतिशत गरि जम्मा बजेट ८८.२१ प्रतिशत खर्च भएको जनाएको छ

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

 

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.