प्रहरी आफुलाइ पक्राउ गर्न आएको भन्दै पशुपति कोटीहोमका आयोजक विजयकृष्णमुक्ति द्वारा फेसबुक लाइभ

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा
जिल्ला वन डोटी

साउन महिनाभर भएको पशुपतिको कोटीहोम सकिएकै दिन हिजो साउन ३२ गते राति  तनाव सिर्जना भएको छ ।कोटीहोम सकिएको दिन सादा पोशाकमा प्रहरी आएर कोटीहोम आयोजक विजयकृष्णमुक्तिलाई पक्राउ गर्न खोजेको भन्दै उनका समर्थकले प्रतिकार गरेका छन् । स्वयम विजयकृष्णमुर्तिले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आव्हान गरेका छन् ।

उनले पशुपति क्षेत्र अब रणमैदान भएको, नेपालमा पनि बंगलादेशको जस्तै विद्रोह सुरु भएको जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् ।  उनको फेसबुक लाइभमा उनका समर्थकले अपशब्द बोलेका जस्तो पनि सुनिन्छ भने स्वयम् विजयकृष्णमुर्तिले चोर जस्ता शब्द प्रयोग गरेका छन् ।

सो स्थानमा सादा पोशाकमा नेपाल प्रहरीका केही अधिकारी पुगेको काठमाडौँ प्रहरीका एसएसपी वसन्त रजौरेले बताए । विजय केष्णमुर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकोले सादा पोशाकमा प्रहरी पुगेको उनको भनाइ छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.