डोटीमा पानी नपर्दा ब्याडमै बीउ काट्दै किसान,  कार्यकर्ताबाट मुख्यमन्त्रीलाई खुला पत्र

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी — डोटीका नेपाली कांग्रेस कार्यकर्ता सिद्धबहादुर विष्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहलाई समाजिक संजाल (फेसबुक )मार्फत खुला पत्र लेख्दै आफ्नो गुनासो र माग सार्वजनिक गरेका छन्। उनले तीन पटकसम्म मुख्यमन्त्री भइसकेका साहको कार्यकालमा पनि आफूले वर्षौंदेखि अगाडि सारेको बडिकेदार गाउँपालिका ३ ओखलढुंगा  ‘खनियाताल–देउथान–चाका–गाजरी–बेवरा–ओखलढुंगा सिँचाइ योजना’ आजसम्म कार्यान्वयन नहुनुमा गहिरो दुःख व्यक्त गरेका छन्।

पत्रसँगै उनले सामाजिक सञ्जालमार्फत एक तस्वीर पनि सार्वजनिक गरेका छन्, जसमा सिँचाइको अभाव र अकासेपानी नपर्दा धान रोप्न नसकी धानको ब्याडमै बीउ काटिरहेको दृश्य देखिन्छ। उक्त तस्वीरमार्फत उनले किसानहरूको वास्तविक पीडा झनै स्पष्ट रूपमा देखाउन प्रयास गरेका छन्।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

विष्टले पत्रमा आफूले कहिल्यै व्यक्तिगत लाभका योजना नमागेको तर किसानका लागि अत्यन्तै महत्वपूर्ण सिँचाइ आयोजना बेवास्ता हुनु दुखद भएको उल्लेख गरेका छन्। “तपाईंहरूलाई बास्मती र मार्सीको चामल पुग्ला तर गाउँका झुपडीमा बस्ने किसान कसरी बाच्ने?” भन्दै उनले सुदूरपश्चिममा युवाहरूको विदेशप्रवास रोक्ने र पहाडी बस्ती खाली हुन नदिने राजनीतिक भाषणहरूलाई व्यवहारमा उतार्न आग्रह गरेका छन्।

उनका अनुसार ठुलीगाड नदीबाट सिँचाइको प्रचुर सम्भावना भए पनि यसको उपयोग नहुनु गम्भीर विडम्बना हो। पत्रमा उनले मुख्यमन्त्रीको सचिवालयमा वास्तविक जनगुनासो सुन्ने संस्कृतिको कमी रहेको र साना गुटगत स्वार्थमै सीमित हुने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरेका छन्।

अन्त्यमा उनले मुख्यमन्त्री साहलाई एकपटक आएर उक्त क्षेत्रको वास्तविक अवस्था बुझ्न र किसानहरूको पीडा प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेका छन्।
बिष्टले समाजिक संजालमा मुख्यमन्त्रीलाई लेखेको पत्र यस्तो छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.