महिनौदेखि सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य बस्तुमा अभाव संगै जनजीवन कष्टकर

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी ।
डोटीको जोरायल गाउँपालिका–५ गड्सेरामा महिनौदेखि सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा दैनिक उपभोग्य सामान र स्वास्थ्य सेवामा गम्भीर संकटमा परेका छन्। यो वडा गाउँपालिकाको सबैभन्दा बिकट क्षेत्र हो । बर्षातले सडक अबरुद्ध हुँदा नजिकका बजार चन्कट्टे र बि.पि. नगरबाट सामान ल्याउन नसक्दा दैनिक उपभोग्य सामान खाद्यान्न, नुन, चिनी, चाउचाउ, बिस्कुट र लत्ताकपडा लगाएतमा अभाव देखिएको छ।

जिल्ला वन डोटी

स्थानिय दुर्गा भवानी किराना पसलका संचालक चेत बहादुर बिष्टका अनुसार बैसाख २८ देखि जिप चलेका छैनन । त्यस्तै असार १२ बाट ट्र्याक्टरले पनि सामान ल्याउन सकेन। बिष्टले भने ” मैले पैदल ६ घण्टा हिँडेर सामान ल्याउने प्रयास गरेँ, तर त्यो सम्भव भएन । अहिले दैनिक उपभोग्य सामग्री अभावले स्थानीय बासिन्दा र व्यवसायी दुबै कठिनाइमा छन्। बिरामीलाई अस्पताल पुर्याउन पनि मान्छेले घण्टौं बोकेर लैजानुपर्ने अवस्था छ।”

पोषण खाजा सम्बन्धि सन्देश

वडा अध्यक्ष ध्वज बहादुर देउवाले भने, “गड्सेरा वडा अत्यन्त विकट भएको र सडक अबरुद्धका कारण दैनिक उपभोग्य सामग्री र स्वास्थ्य सेवामा समस्या उत्पन्न भएको छ। स्थानीय बासिन्दा अहिले ठूलो कठिनाइ भोगिरहेका छन्।आफुले जतिसक्दो छिटो सडक सुचारू गर्ने बिषयमा सम्बन्धित पक्ष संग सल्लाह गरिरहेको छु”

स्थानीय बासिन्दाले वर्षातका कारण अबरुद्ध सडक छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायले यथासिघ्र पहल गर्न आग्रह गरेका छन्। उनीहरूको अनुसार सडक खोल्न ढिलाइ भएमा दैनिक जीवन अझ कठिन बन्ने देखिन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.