इजरायल र हमासबीच युद्धविराम तथा बन्धकमुक्ति योजना स्वीकृत , स्थायी शान्तिको आशा

पुन्ना तालिम केन्द्र

इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ। हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकमुक्ति सम्बन्धी योजना अनुमोदन गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ।

हिजो नै इजिप्टमा इजरायल र हमासबीच सम्झौताको पहिलो चरणमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार दुबै पक्षले तत्काल युद्धविराममा सहमति जनाएका छन्। पहिलो चरणमा हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमशः रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको बताइएको छ।

जिल्ला वन डोटी

सम्झौताअनुसार इसरायली सैनिकहरू गाजाको केही भागबाट फिर्ता हुने र दैनिक सयौं ट्रक मानवीय सहायता सामग्रीसहित गाजा प्रवेश गर्ने व्यवस्था पनि गरिएको छ। यसले गाजामा राहत र पुनर्निर्माणको प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायली बन्धकहरू आउँदो सोमबार वा मंगलबारसम्म स्वदेश फर्किने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यो सम्झौता अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताको संयुक्त प्रयासबाट सम्भव भएको हो। सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न अमेरिकी राष्ट्रपति ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ समेत इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायल र हमासबीचको यो प्रारम्भिक सहमति मध्यपूर्वमा स्थायी शान्तिको दिशामा पहिलो ठोस कदमका रूपमा हेरिएको छ। तथापि, सम्झौताको दीर्घकालीन सफलता दुबै पक्षको व्यवहार र प्रतिबद्धतामा निर्भर रहने विश्लेषकहरूको टिप्पणी छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.