हमासको नियन्त्रणमा रहेका विपिन जोशीको निधन पुष्टि, शव इजरायललाई फिर्ता हुँदै

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको पुष्टि भएको छ। हमासको सैन्य शाखाले शुक्रबार सार्वजनिक गरेको सूचीमा विपिनसहित चार बन्धकलाई मृतकको रूपमा उल्लेख गर्दै उनीहरूको शव इजरायललाई फिर्ता गर्ने घोषणा गरेको हो।

हमासले फिर्ता गर्न लागेको शवहरूमा नेपाली विद्यार्थी विपिन जोशीसँगै इजरायली नागरिक गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज पनि रहेका छन्। संगठनले रेडक्रसका अधिकारीमार्फत आजै ती शवहरू इजरायलतर्फ बुझाउने तयारी गरेको जनाएको छ।

जिल्ला वन डोटी

यसअघि आज बिहानै इजरायली प्रधानमन्त्री कार्यालय र सेनाले पनि जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दूतावासलाई दिएका थिए। उक्त जानकारीसँगै जोशीको परिवार, मित्रहरू र नेपाली समुदायमा गहिरो शोक र पीडा छाएको छ।

विपिन जोशीलाई २०८० साल असोज २३ गते हमासका लडाकूहरूले इजरायलको किबुट्ज अलुमिम क्षेत्रबाट अपहरण गरेका थिए। उनी कृषि तालिमका लागि गएका १७ जना नेपाली विद्यार्थीमध्ये एकमात्र अपहरणमा परेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिन जोशी बेपत्ता रहेका थिए।

गत महिना हमासले सार्वजनिक गरेको एक भिडियोमा विपिन जोशी जीवित देखिएका थिए। भिडियोमा उनले आफ्नो नाम र देश बताउँदै सहयोगको अपिल गरेका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।

हमासले आज रेडक्रसको उपस्थितिमा २० जना बन्धक इजरायललाई फिर्ता गरेको जनाएको छ। दुई वर्षदेखि जारी युद्धविराम प्रयासबीच विपिन जोशीको मृत्युसमाचारले युद्धको मानवीय त्रासदी पुनः उजागर गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.