बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

 

ढाका — बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा संलग्न रहेको ठहर गर्दै त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको फैसला सुनाएको छ। राजधानी ढाकामा बसेको विशेष अदालतले गत वर्ष भएको विद्यार्थी नेतृत्वको विद्रोहमाथि कठोर दमन गर्न निर्देशन दिएको आरोपमा हसिनालाई दोषी ठहर गरेको हो।

जिल्ला वन डोटी

विद्रोहको क्रममा सयौँ मानिसको मृत्यु र व्यापक हिंसा भएको दाबी गरिएको थियो। अदालतका अनुसार राज्य संयन्त्र प्रयोग गरी गरिएको त्यो दमन मानवता विरुद्धको अपराधको दायरामा पर्न आउने भएकाले मृत्युदण्डको सजाय सुनाइएको हो।

आगामी फेब्रुअरीमा हुन लागेको चुनावलाई लक्षित गरी अन्तरिम सरकारले हसिना नेतृत्वको अवामी लिग पार्टीलाई निर्वाचन प्रक्रियाबाट नै बाहिर राख्ने संकेत दिइरहेका बेला आएको यो फैसलाले देशको राजनीतिक वातावरण झनै तनाावग्रस्त बनेको छ।

फैसला सार्वजनिक भएपछि देशका विभिन्न स्थानमा आन्दोलन र हिंसात्मक गतिविधि हुने जोखिम बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षाकर्मीको उपस्थिति राजधानी ढाका लगायत मुख्य शहरहरूमा उल्लेख्य रूपमा बढाइएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.