जोरायलमा विपद्–संवेदनशील सामाजिक सुरक्षा अन्तरक्रिया सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — सशक्त महिला–समृद्ध नेपाल कार्यक्रम अन्तर्गत ‘विपद्–संवेदनशील सामाजिक सुरक्षा कार्यविधि निर्माण सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम आज मंसिर ५ गते जोरायल गाउँपालिकाको सभाहलमा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जमुना बोहराले सभापतित्व गर्नुभयो।

जिल्ला वन डोटी

अन्तरक्रियामा विपद् जोखिम पहिचान, संवेदनशील समुदायको अवस्था, सामाजिक सुरक्षा कार्यविधिको प्रभावकारिता र स्थानीय तहको भूमिकाबारे विस्तृत प्रस्तुति र समसामयिक छलफल गरिएको थियो। कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत शाखाका प्रमुख, तथा कार्यक्रम आयोजक संस्थाहरूका कर्मचारीहरू सक्रिय सहभागी बने। सहभागीहरूले सामाजिक सुरक्षा योजनामा जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राख्नुपर्ने सुझावहरू प्रस्तुत गरे।

सभापति उपाध्यक्ष जमुना बोहराले कार्यक्रममा भनिन्,
“विपद्–प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सामाजिक सुरक्षामा प्राथमिकतामा राख्दै व्यावहारिक कार्यविधि बनाउन सबै तह–स्तरले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ।”

कार्यक्रम युनीसेफ नेपाल, NEEDS Nepal, SPCSN र जोरायल गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको थियो। सहभागीहरूले यस्तो अन्तरक्रियाले स्थानीय तहमा सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.