हरेक खोर, हरेक गोठ – खोरेत विरुद्धको पूर्ण खोप अभियान सुरु

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी, — “हरेक खोर, हरेक गोठ, खोरेत रोग विरुद्धको खोप” भन्ने मूल नाराका साथ खोरेत रोग विरुद्धको पूर्ण खोप कार्यक्रम आज डोटीको जोरायल गाउँपालिकामा औपचारिक रूपमा सुरु भएको छ।

उक्त कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिलगढी, डोटीको आयोजनामा र जोरायल गाउँपालिकाको सम्पर्क, समन्वय तथा सहकार्यमा सञ्चालन भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष नवीन ओझाको सभाध्याक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष जमुना बोहरा रहिन्। यसैगरी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, ३ नं वडाका वडा सदस्य, जोरायल गाउँपालिका भित्रका विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, किसान, महिला स्वास्थ्य स्वयंसेवक, पत्रकार तथा सुरक्षाकर्मीको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

जिल्ला वन डोटी

कार्यक्रममा बोल्दै उपाध्यक्ष जमुना बोहराले भन्नुभयो, “यो अभियानले खोरेत रोग नियन्त्रणमा ठूलो योगदान पुर्‍याउनेछ। प्रत्येक खोर र गोठमा खोप पुग्ने सुनिश्चित गर्न सबै कृषक र समुदायसँग मिलेर काम गर्न आवश्यक छ।”

वडा अध्यक्ष नवीन ओझाले खोर–गोठमा नियमित खोप लगाउनु कृषकको दायित्व मात्र नभई सम्पूर्ण पशुपालन क्षेत्रमा दीगो सुधार ल्याउने उपाय भएको उल्लेख गर्दै अभियान सफल बनाउन सबैले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पशु सेवा शाखा जोरायलका प्रमुख सुरत बादीले खोर–गोठमा पूर्ण खोप अभियान स्वास्थ्य सुरक्षा र पशुपालनको दीगो विकासका लागि महत्वपूर्ण भएको बताउँदै कृषक, महिला स्वास्थ्य स्वयंसेवक र सम्बन्धित सबैको सहकार्यले अभियान सफल हुने विश्वास व्यक्त गरे।

उक्त अभियानले जोरायल गाउँपालिका डोटीका ६ वटै वडाका वडामा सन्चालन हुने भएकाले सम्पूर्ण कृषकहरूको सहयोगमा सफल पार्ने विश्वास व्यक्त गरिएको छ। यो अभियानले स्थानीय कृषक समुदायमा खोरेत रोगको जोखिम घटाउने र पशुपालन क्षेत्रमा दीगो सुधार ल्याउने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.