श्री लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी— श्री लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा मंसिर १३ गते जोरायल गाउँपालिका–४ सिलिङ्गिबागस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डम्बर बहादुर साउँदको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जमुना बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा नं. ३ का अध्यक्ष नवीन ओझा, जनप्रतिनिधि, विभिन्न वित्तीय तथा सहकारी संस्थाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, पत्रकार, सुरक्षाकर्मी, पूर्व पदाधिकारी तथा ठूलो संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

सभामा संस्थाका अध्यक्ष डम्बर बहादुर साउँदले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था, चुनौती, अवसर, सामाजिक उत्तरदायित्व तथा आगामी वर्षका योजनाबारे विस्तृत जानकारी दिए। उनका अनुसार सहकारीको शेयर पूँजी रु. २ करोड ९७ लाख २१ हजर २ सय पुगेको छ, जुन गत वर्षको तुलनामा रु. १६ लाख ५ हजार ८ सय ले वृद्धि भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीका विभिन्न कोषहरूमा जम्मा भएको रकम रु. २करोड ४ लाख २३ हजार ४ सय ३३ पुगेको उल्लेख गरिएको थियो। सहकारीको सदस्य संख्या ३ हजार ७ सय ३३ पुगेको छ, जसमा महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ८ सय ९१ सदस्य छन्। विगत वर्षको तुलनामा १ सय १० नयाँ सदस्य आवद्ध भएको प्रतिवेदनमा उल्लेख थियो।

अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीमा बचत रकम गत वर्षको रु. ११ करोड ५२ लाख ९ हजार ७ सय ३९ बाट वृद्धि भई चालू वर्षमा रु. १३ करोड ९० लाख ११ हजार ५ सय ५८ पुगेको छ। सहकारीप्रति समाजमा फैलिएको अविश्वासका चुनौतीबीच पनि सदस्यहरूको निरन्तर विश्वासका कारण बचत रकम २०.६५ प्रतिशत ले वृद्धि भएको उनले बताए।

यसैगरी, सहकारीले वितरण गरेको कर्जा कुल रु. १६ करोड ५१लाख ७८हजार३ सय६४ पुगेको छ। भाका नाघेको कर्जा ६.३४ प्रतिशत, अर्थात् रु. १ करोड ४ लाख ८३ हजार १ सय १३ रहेको छ, जसको असुली कार्यलाई आगामी वर्ष प्राथमिकतापूर्वक अघि बढाइने प्रतिवेदनमा उल्लेख थियो।

सहकारीले गत आर्थिक वर्षमा रु. ६० लाख ९७ हजार ९ सय ४१ खुद नाफा आर्जन गरेको छ। NFRS विधि लागू गर्दै सोही अनुसार मुनाफा बाँडफाँड गरिएको अध्यक्षले स्पष्ट गरे। सामाजिक हित कोषमा रु. ६ लाख ९ हजार ७ सय ९४, कर्मचारी बोनसमा रु. ५ लाख ४८ हजार ८ सय १५ जगेडा कोषमा रु. १२ लाख ४१ हजर ५ सय ४२, संरक्षित पूँजीमा रु. ८ लाख ८० हजार २ सय १८, तथा अन्य शिक्षा, विकास र स्थिरीकरण कोषमा तोकिएको अनुपातमा रकम छुट्याइएको थियो। शेयर लाभांश कोषमा रु. १८ लाख ३६ हजार १ सय ३४ छुट्याई प्रति शेयर ६.३४ प्रतिशत लाभांश वितरण प्रस्ताव गरिएको छ।

जिल्ला वन डोटी

अध्यक्षले प्रतिवेदन पेस गर्दै सहकारीले तीन स्थानबाट सेवा केन्द्र सञ्चालन गर्दै १४ कर्मचारीमार्फत सेवा प्रदान गरेको, ८ ठाउँमा ३ सय ८४ सदस्यलाई वित्तीय तथा सहकारी साक्षरता प्रदान गरेको तथा ४२ जना उत्कृष्ट सदस्य, विद्यार्थी र ग्राहक र कर्मचारीलाई सम्मान गरिएको जानकारी दिए ।

सहकारीले ऋण व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउन Aakash Digital Pvt. Ltd. सँग सम्झौता गरेको, कृषि ज्ञान केन्द्रको सहकार्यमा दुईवटा भण्डारण कोठा निर्माण गरेको तथा मोबाइल बैंकिङ सेवामा ४ सय १३ सदस्य सक्रिय रहेको अध्यक्षले बताए।

सहकारीले सहुलियत व्याजदरमा पशुपालन कर्जा सञ्चालन गरी १ सय २६ सदस्यलाई प्रत्यक्ष लाभान्वित गराएको, साथै एक सदस्यको निधनमा बीमा अन्तर्गत रु. २ लाख ५० हजार भुक्तानी गरिएको जानकारी पनि प्रतिवेदनमा उल्लेख थियो। सामाजिक हित कोषबाट विभिन्न सामाजिक गतिविधिमा रु. ८८ हजार विनियोजन गरिएको थियो।

त्यस्तै सभामा लेखा तथा सुपरिवेक्षण समिति संयोजक रतनबहादुर बोहराले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक कारोबार, ऋण लगानी, व्याजदर कार्यान्वयन, कर्मचारी नियुक्ति र सरुवा, सेवा केन्द्र सञ्चालन तथा सामाजिक हित कोषको प्रयोगमा पारदर्शिता कायम भएको जानकारी प्रस्तुत गरे। प्रतिवेदन अनुसार ऋण लगानी सुरक्षित भएको, १ वर्षभन्दा बढी भाका नाघेका ऋणीलाई असुली प्रक्रिया अगाडि बढाइरहेको र संस्थामा कर्मचारी प्रशासन खुला प्रतिस्पर्धा अनुसार गरिएको उल्लेख गरिएको थियो।

सभामा प्रमुख अतिथि जमुना बोहराले सम्बोधन गर्दै सहकारीको निरन्तर प्रगतिले क्षेत्रका सदस्यहरूको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र आगामी वर्षमा अझ धेरै सदस्यहरूलाई साक्षर, आत्मनिर्भर र व्यवसायी बनाउने काममा सहकारी सक्रिय रहनुपर्नेमा जोड दिइन्। उनले सहकारीमार्फत प्राप्त सेवाहरू सबै सदस्यसम्म समान पहुँचमा पुग्ने सुनिश्चितता गर्न संस्थाका पदाधिकारी र कर्मचारीको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिन्।

लेखा तथा सुपरिवेक्षण समिति संयोजक रतनबहादुर बोहराले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरे भने प्रमुख कार्यकारी अधिकृत ठक्कर बहादुर कठायतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए। सबै प्रतिवेदनहरू माथी खुला छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएको थियो।

अन्त्यमा अध्यक्ष साउँदले संस्था स्थापनादेखि हालसम्म योगदान पुर्‍याउने सबै संस्थापक, पूर्व पदाधिकारी, कर्मचारी, शेयर सदस्य तथा सहकार्य प्रदान गर्ने निकायप्रति धन्यवाद व्यक्त गर्दै सहकारीलाई अझ सबल, पारदर्शी र सदस्यमैत्री बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.