जोरायलमा सक्षम परियोजना सम्पन्न, साना किसानका लागि दिगो जीविकोपार्जनको आधार तयार

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

जोरायल, डोटी — समानुकुलित जीविकोपार्जनमार्फत साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको सक्षम परियोजना को सामाजिक परीक्षण तथा परियोजना हस्तान्तरण कार्यक्रम बुधबार  जोरायल गाउँपालिकाको सभाहालमा सम्पन्न भएको छ।

कार्यक्रम परियोजनाका परियोजना प्रमुख इन्द्रेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, विभिन्न विषयगत शाखाका प्रमुख, पत्रकार, सहकारी प्रतिनिधि तथा परियोजना लागू भएका समूहका सदस्य र परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

२०७८ साल पौष देखि सञ्चालनमा आएको सक्षम परियोजना चार वर्षे अवधिसहित २०८२ साल पौषमा सम्पन्न हुने गरी लागू गरिएको हो। परियोजना सुदूरपश्चिम प्रदेशका कञ्चनपुर जिल्लाका लालझाडी र कृष्णपुर नगरपालिका तथा डोटी जिल्लाको जोरायल गाउँपालिकामा कार्यान्वयन गरिएको थियो। जोरायल गाउँपालिकामा मात्रै परियोजनाले ३४ वटा समूहसँग प्रत्यक्ष रूपमा सहकार्य गरेको थियो।

जिल्ला वन डोटी

सामाजिक परीक्षण कार्यक्रममा परियोजनाका जोरायलका वरिष्ठ कार्यक्रम अधिकृत राजकुमार रिजालले कार्यपत्र प्रस्तुत गर्दै परियोजनाबाट हासिल भएका उपलब्धि, नतिजा, चुनौती र सिकाइ सार्वजनिक गर्नुभएको थियो। कार्यपत्रअनुसार परियोजनाले लक्षित समुदायको खाद्य तथा पोषण अवस्थामा सुधार, आयआर्जनमा वृद्धि, जलवायु परिवर्तन अनुकूलन क्षमता विकास तथा विपद् जोखिम व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएको देखाइएको थियो।

कार्यक्रममा प्रस्तुत विवरणअनुसार स्थानीय स्रोत व्यक्ति पहिचान, सहकारीमार्फत प्रविधि अवलम्बन तथा मूल्य शृङ्खला विकास प्रमुख चुनौतीका रूपमा रहेका छन्। सिकाइका रूपमा स्रोत व्यक्ति पहिचानमा प्रारम्भदेखि नै ध्यान दिनुपर्ने र मूल्य शृङ्खला विकासको कार्ययोजना सुरुवातमै तयार गर्नुपर्ने विषय औंल्याइएको थियो। असल अभ्यासअन्तर्गत भकारो सुधार, पशु बीमा, तरकारी सङ्कलन केन्द्र, सिँचाइ पोखरी, पोषण परामर्श, घर बगैचा तथा विद्यालय बगैचा निर्माण प्रभावकारी अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो।

परियोजना हस्तान्तरण कार्यक्रम अन्तर्गत संस्थाको तर्फबाट परियोजना प्रमुख इन्द्रेश्वर मण्डल र गाउँपालिकाको तर्फबाट उपाध्यक्ष जमुना कुमारी बोहराले हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उपाध्यक्ष बोहराले सक्षम परियोजनाले जोरायलका साना किसानहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले परियोजनाबाट विकसित सीप, संरचना र अभ्यासलाई गाउँपालिकाले दिगो रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, संस्थाले स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर प्रभावकारी काम गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता किसानमैत्री कार्यक्रमहरू जोरायलमा पुनः सञ्चालन हुने अपेक्षा व्यक्त गर्नुभयो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.