जोरायल गाउँपालिकामा पालिका स्तरीय नागरिक मञ्च गठन

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

जोरायल ,डोटी । सम विकास केन्द्र (EDC) नेपाल र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP) अन्तर्गत आज मंगलबार जोरायल गाउँपालिकामा पालिका स्तरीय नागरिक मञ्च गठन गरिएको छ।

सम विकास केन्द्र (EDC) नेपाल र एक्सन एड नेपालका अनुसार स्थानीय तहमा जवाफदेहिता प्रवर्द्धन गर्ने, अधिकारबाट वञ्चित समुदायका पक्षमा आवाज उठाउने तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ पालिका स्तरीय नागरिक मञ्च गठन गरिएको संस्थाले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

गठित नागरिक मञ्चमा वडा नम्बर–६ बाट चन्द्रा साउद, वडा नम्बर–५ बाट शेर बोगटी, वडा नम्बर–४ बाट तुलसीधर बोहरा र कोपिला नेपाली, वडा नम्बर–३ बाट डिल्लीराज जोशी र केशव नारायण जोशी, वडा नम्बर–२ बाट निर्मला बी.के. र रनबहादुर जेठारा तथा वडा नम्बर–१ बाट शोभान सिंह ओली सहभागी रहनुभएको छ।

कार्यक्रम संयोजक नरेन्द्र बी.के.ले जानकारी दिँदै स्थानीय अधिकार कार्यक्रम नागरिकको आवाजलाई सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार सम विकास केन्द्र (EDC) नेपाल र एक्सन एड नेपालको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रममार्फत स्थानीय सरकारलाई जवाफदेही बनाउने, सार्वजनिक सेवा प्रवाहको निगरानी गर्ने र अधिकारबाट वञ्चित समुदायका समस्या तथा मागहरूलाई संस्थागत रूपमा अघि बढाउने प्रयास भइरहेको छ। नागरिक मञ्चले स्थानीय तहका नीति, योजना र सेवामा नागरिकको सार्थक सहभागिता बढाउँदै सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँको भनाइ छ।

स्थानीय अधिकार कार्यक्रम (LRP) अन्तर्गत गठन गरिएको यस नागरिक मञ्चले आगामी दिनमा जोरायल गाउँपालिकामा नागरिक सचेतना अभिवृद्धि, अधिकार संरक्षण तथा न्यायमा पहुँच विस्तारका क्षेत्रमा निरन्तर पहल गर्ने अपेक्षा गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.