जोरायलमा अनलाइन नागरिकता सिफारिस, घटना दर्ता र निर्वाचन लक्षित अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा तथा जोरायल गाउँपालिकाको समन्वय र सहजीकरणमा आज शनिबार जोरायल गाउँपालिकामा अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाली सेनाका प्रमुख सेनानी कमल सिंह बिष्ट, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक महेन्द्र नेपाल, सशस्त्र प्रहरी बल नेपाल डोटीका सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैरे तथा राष्ट्रिय अनुसन्धान विभाग डोटीका प्रमुख अनुसन्धान अधिकृत ललित नारायण चौधरीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, वडा अध्यक्षहरू, वडा सचिवहरू, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार तथा सञ्चारकर्मीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अनलाइन नागरिकता सिफारिस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सरल र छरितो बनाउने, लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका उपायहरू र आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने तयारी र जिम्मेवारीबारे विस्तृत छलफल गरिएको थियो।

अन्तर्क्रियात्मक सत्रमा सहभागीहरूले सेवा प्रवाहमा देखिएका व्यवहारिक समस्या, अनलाइन प्रणाली कार्यान्वयनका चुनौती, नागरिकता तथा घटना दर्तामा देखिने ढिलासुस्ती तथा निर्वाचनका क्रममा सम्भावित चुनौतीहरूबारे जिज्ञासा र प्रश्न उठाएका थिए। ती जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रशासन नागरिकमैत्री र प्रविधिमैत्री बन्नुपर्ने बताउँदै कानुनको दायराभित्र रहेर सेवामा देखिएका समस्या समाधान गर्न स्थानीय तहसँग निरन्तर समन्वय गरिने स्पष्ट पारिन्।

त्यसैगरी जिल्ला प्रहरी प्रमुख महेन्द्र नेपालले निर्वाचनको सुरक्षाका विषयमा प्रहरीको तयारीबारे जानकारी दिँदै स्थानीय समुदाय, जनप्रतिनिधि र सञ्चारकर्मीको सहकार्य बिना प्रभावकारी नियन्त्रण सम्भव नहुने धारणा व्यक्त गरे। सशस्त्र प्रहरी प्रमुख शिवप्रसाद गैरेले सीमाक्षेत्र तथा संवेदनशील क्षेत्रहरूमा निगरानी कडा पारिएको जानकारी दिँदै निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए।

कार्यक्रममा उठेका सुझावहरूलाई आगामी कार्ययोजना र समन्वयका आधारका रूपमा लिइने उल्लेख गर्दै प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आपसी सहकार्य र विश्वासलाई अझ मजबुत बनाउँदै यस्ता अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.