पूर्व विद्यार्थीको पहलमा विद्यार्थी लक्षित निःशुल्क ट्र्याकसुट तथा न्यानो कपडा वितरण

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी । जोरायल गाउँपालिका–३ चन्कट्टेस्थित शिवपुर माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई नि:शुल्क ट्र्याकसुट तथा केही विपन्न अभिभावकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

जोरायल–३ ओझागाउँमा जन्म भई हाल काठमाडौं निवासी, शिवपुर माध्यमिक विद्यालयमा स्थापित बाशुदेव स्मृति अक्षयकोषका संस्थापक, जोशी ल एण्ड एसोसिएट्स, अनामनगरका प्रोप्राइटर तथा विद्यालयका पूर्व विद्यार्थी दीपक राज जोशीको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम भीम बहादुर तथा तिल कुमारी स्मृति प्रतिष्ठान, धुम्बाराही, काठमाडौंको सौजन्यमा आयोजना गरिएको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलदेव राउत, संस्थापक सचिव अधिवक्ता कृष्ण बहादुर खनाल, संस्थापक सदस्य एन.बी. थापा तथा कानुनी सल्लाहकारसमेत रहेका दीपक राज जोशीको उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गर्दै शिक्षा र सामाजिक सेवामा यस्ता सहयोगले सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।

विद्यालय परिवारका अनुसार कार्यक्रमले विद्यार्थीहरूमा उत्साह अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्व, सहयोग र आपसी सद्भावको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

यस अवसरमा शिवपुर माध्यमिक विद्यालय परिवारले भीम बहादुर तथा तिल कुमारी स्मृति प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थासँग आवद्ध सम्पूर्ण प्रतिनिधिहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अक्षयकोष दाता, दानदाता, अभिभावक, शिक्षक–अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालाप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.