जोरायल–१ मा भूमिहीनका लागि नापजाँच कार्य सुरु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी । भूमि समस्या समाधान आयोग जिल्ला समितिको समन्वयमा जोरायल गाउँपालिका वडा नं. १ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने उद्देश्यले नापजाँच कार्यको औपचारिक शुभारम्भ गरिएको छ।

जिल्ला वन डोटी

नापजाँच कार्यको शुभारम्भ जोरायल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जगत मल्लको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भूमि समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष डम्बर ओली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा भूमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्यहरू, जिल्ला नापी कार्यालयका प्रतिनिधि लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा बोल्दै वक्ताहरूले भूमिहीन नागरिकलाई राज्यको मूलधारमा ल्याउन नापजाँच तथा लालपुर्जा वितरण प्रक्रिया अत्यन्त महत्वपूर्ण रहेको बताउँदै कार्यलाई पारदर्शी र प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
नापजाँच कार्य सम्पन्न भएपछि योग्य भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी प्रक्रियाअनुसार जग्गा स्वामित्व उपलब्ध गराइने जनाइएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.