११६ औँ अन्तर्राष्ट्रिय महिला दिवस जोरायलमा विविध कार्यक्रमसहित मनाइयो

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डोटीको जोरायल गाउँपालिका वडा नं. ३ मा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ। “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसिद्धताको अवसर” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

महिला अधिकार मञ्च, जोरायल गाउँपालिका वडा नं. ३ को आयोजनामा २०८२ फागुन २४ गते (८ मार्च २०२६) कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि , सुरक्षाकर्मी, पत्रकार, विभिन्न आमा समूहका सदस्य तथा समुदायका अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व महिला अधिकार मञ्चकी अध्यक्ष अनमिका भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराको उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

प्रमुख अतिथि बोहराले महिलाको अधिकार, समान अवसर र सम्मान सुनिश्चित नगरी समाजको समग्र विकास सम्भव नहुने बताउनुभयो। उहाँले महिलालाई शिक्षा, आर्थिक गतिविधि तथा निर्णय प्रक्रियामा सक्रिय सहभागिता गराउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै महिला सशक्तीकरणका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका विषयमा र्याली तथा छलफल गरिएको थियो। साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा महिला अधिकार र सामाजिक सचेतनासँग सम्बन्धित चेतनामूलक सडक नाटकसमेत प्रदर्शन गरिएको थियो।कार्यक्रमको सञ्चालन EDC का फिल्ड कर्मचारी यशोदा मल्लले गर्नुभएको थियो।

उक्त कार्यक्रमलाई ActionAid, EDC Nepal,Needs Nepal, CDF Nepal तथा जोरायल गाउँपालिका डोटीको सहयोग रहेको आयोजकले जनाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोरायल गाउँपालिकाका सबै ६ वटै वडामा विभिन्न सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले महिला अधिकारको संरक्षण, लैङ्गिक समानता कायम गर्न तथा महिलालाई समाजका सबै क्षेत्रमा सशक्त बनाउने विषयमा जोड दिएका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.