इनिसा बि.क. को बलात्कारपछि हत्या : डोटीमा मैनबत्ती प्रज्वलनसहित मौनधारण, दोषीलाई कडा कारबाहीको माग

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी — सुर्खेतमा १७ वर्षीया किशोरी इनिसा बि.क. को बलात्कारपछि हत्या गरिएको घटनाको विरोध तथा पीडितलाई न्याय दिलाउन माग गर्दै डोटीमा मैनबत्ती प्रज्वलनसहित मौनधारण कार्यक्रम आयोजना गरिएको छ।

सम विकास केन्द्र नेपाल (EDC) द्वारा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रमअन्तर्गत गठित स्वाभिमान महिला समूह धनराश को आयोजनामा जोरायल गाउँपालिका–४ घनराश, डोटीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागीहरूले मैनबत्ती प्रज्वलन गर्दै मृतक इनिसा बि.क.प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने घटनामा संलग्न दोषीलाई छिटो पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रममा स्थानीय अधिकार कार्यक्रम संयोजक नरेन्द्र बिक, संस्थाका कर्मचारी, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय अधिकार कार्यक्रम संयोजक नरेन्द्र बिकले महिला तथा बालिकामाथि हुने हिंसाका घटनाहरूले समाजलाई गम्भीर बनाइरहेको बताउँदै यस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कडा सजाय हुनुपर्नेमा जोड दिए। उनले पीडितलाई न्याय दिलाउन र समाजमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्य तथा सरोकारवाला सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १७ वर्षीया इनिसा बि.क. बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेपछि स्थानीय क्षेत्र शोक र आक्रोशमा डुबेको छ।

इनिसा हाल वीरेन्द्रनगरमा बस्दै कक्षा ११ मा अध्ययनरत थिइन्। जानकारीअनुसार उनी शनिबार बिहान “ट्युसन पढ्न जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्। लामो समयसम्म घर नफर्किएपछि चिन्तित बनेकी आमाले फोन गर्दा उनको मोबाइल बन्द आएको थियो। केही समयपछि अज्ञात नम्बरबाट फोन आएको र फोन गर्ने व्यक्तिले “तपाईंकी छोरी सुर्खेतको सहिद पार्कमा बेहोस अवस्थामा छिन्” भनेर जानकारी दिएको बताइएको छ।

छोरीको खबर पाएपछि आमा तुरुन्त घटनास्थल पुगेकी थिइन्। त्यहाँ पुग्दा छोरीको शरीर रगतले लतपतिएको अवस्थामा देखेपछि आमा समेत बेहोस भएकी थिइन्। त्यसपछि प्रहरीले इनिसालाई उपचारका लागि सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पताल पु¥याएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि दोषीको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथा यस्ता अमानवीय घटनाको अन्त्य गर्न स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.