बुडर बजारमा बजार अनुगमन : म्याद नाघेका खाद्य वस्तु जफत तथा नष्ट

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

डोटी। घरेलु तथा साना उद्योग कार्यालय, डोटीको संयोजनमा जिल्ला बजार अनुगमन समिति, डोटीले आज जोरायल गाउँपालिकाको बुडर बजार क्षेत्रमा रहेका विभिन्न पसल तथा होटलहरूको स्थलगत अनुगमन गरेको छ।

उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता र बजारलाई व्यवस्थित बनाउने उद्देश्यले गरिएको उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय डोटी, नेपाल प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

अनुगमनका क्रममा विभिन्न पसलहरूबाट म्याद नाघेका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला परेकोले करिब रु. ७ हजार ८ सय ७० बराबर मूल्यका खाद्य वस्तुहरू जफत गरी तत्काल नष्ट गरिएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य वस्तुको उत्पादन तथा उपभोग मिति नियमित रूपमा परीक्षण गर्न, म्याद नाघेका तथा अखाद्य वस्तुहरूको बिक्री–वितरण नगर्न तथा उपभोक्तामैत्री व्यवसाय सञ्चालन गर्न सचेत गराएको छ। साथै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कुनै पनि प्रकारको लापरबाही नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

जिल्ला बजार अनुगमन समितिले आगामी दिनहरूमा समेत जिल्लाका विभिन्न बजार क्षेत्रमा नियमित अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हित संरक्षण तथा स्वस्थ बजार वातावरण निर्माणका लागि आवश्यक कदम चालिने जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.