चनकट्टेमा भोलिदेखि श्रृङ्गारिक महाआरती धर्म जागरण सत्संग महा महोत्सव

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटी। डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेस्थित ऐतिहासिक श्री चण्डेश्वर महादेव मन्दिर परिसरमा “जोरायल चनकट्टे श्रृङ्गारिक महाआरती धर्म जागरण सत्संग महा महोत्सव–२०८३” भोलि (श्रावण ९ गते)देखि सुरु हुने भएको छ। महोत्सव श्रावण १५ गतेसम्म सञ्चालन हुनेछ।

श्री चण्डेश्वर महादेव मन्दिरमा अक्षयकोष स्थापना तथा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा भारतको काशी विश्वनाथ मन्दिर र नेपालको राष्ट्रदेव पशुपतिनाथ मन्दिरमा गरिने विश्वप्रसिद्ध श्रृङ्गारिक महाआरतीको झल्को प्रस्तुत गरिने आयोजकले जनाएको छ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरूद्वारा भजन–कीर्तन, आध्यात्मिक प्रवचन, धार्मिक झाँकी प्रदर्शन, बाल संस्कार कार्यक्रम तथा विविध धार्मिक एवं सांस्कृतिक गतिविधि सञ्चालन गरिनेछन्। साथै समाजमा नैतिक मूल्य, धार्मिक चेतना र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले धर्म जागरणसम्बन्धी विशेष कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
महोत्सवको पहिलो दिन श्रावण ९ गते बिहान १०:०० बजे कलश यात्रा तथा दिउँसो १:०० बजे उद्घाटन समारोह आयोजना गरिने कार्यक्रम रहेको छ।

कार्यक्रमका महानिर्देशक तथा जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाले महोत्सवले श्री चण्डेश्वर महादेव मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई राष्ट्रिय स्तरसम्म परिचित गराउने विश्वास व्यक्त गर्दै सम्पूर्ण धर्मप्रेमी श्रद्धालुहरूलाई सपरिवार सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो।

त्यसैगरी कार्यक्रम संयोजक डिल्लीराज जोशीले महोत्सव केवल धार्मिक अनुष्ठानमा सीमित नभई समाजमा सकारात्मक संस्कार, नैतिकता र आपसी सद्भाव प्रवर्द्धन गर्ने अभियानका रूपमा आयोजना गरिएको बताउनुभयो। उहाँले सम्पूर्ण भक्तजन, स्थानीयवासी तथा देश–विदेशमा रहेका जोरायलबासीलाई तन, मन, धन र श्रद्धाभक्तिका साथ उपस्थित भई महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.