बिगत ८ दिन देखि डोटीका एक पुरुष बेपत्ता , घरपरिवारले खोजीका लागि सबैसँग अपिल

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

डोटीको शिखर नगरपालिका वडा नं ११ बारपाटा डाडर बस्ने ४० बर्षिया रमेश बहादुर रोकाया बिगत ८ दिन देखि बेपत्ता भएका छ्न । उनी भदौ २ गते घरबाट भारत जान्छु भनि हिडेका परिवारले जनाएको छ । उनी भारत नगएर कैलालीको अत्तरियाबाट फर्केर भदौ ४ गते आफ्नै स्थानिय बजार गोल्मागाड (वेलखर्क )मा बसेको अवस्थामा उनका छिमेकी आफन्तले देखेको उनका छोरा केशब रोकयाले बताए ।

जिल्ला वन डोटी

घरबाट हिडेको दिन देखि सम्पर्क बिहिन भएका रोकाय आज सम्म सम्पर्कमा न आएको स्थानीय गणेश बलायरले जनाएका छन । भदौ ४ गते स्थानीय बजारमा रमेशलाइ देखेपछि घरका मान्छेले साँझ घर आउँछ होला भन्ने सोचेको तर आजसम्म पनि उनि घर नफर्केकोले घरपरिवार चिन्तमा रहेको बलायरले भने ।

पोषण खाजा सम्बन्धि सन्देश

आफ्ना बुवालाइ सबै आफन्त कहाँ पनी खोजी गरि सकेको तर कतै नभेटिएको छोरा केशबले बताए । उनका अनुसार बुबाको खोजिका लागी भदौ ७ गते प्रहरीमा समेत निवेदन दिएको छ । तर आज भदौ ९ गते सम्म बेपत्ता भएका रोकाया कसैको पनि सम्पर्कमा नआएकाले उनको परिवार चिन्तामा परेको छ ।बेपत्ता बुवाको सबैले आ आफ्नो ठाउँबाट खोजि कार्य जारी राखिदिन छोरा केशबले सबैमा अपिल गरेका छ्न । यदि कसैले कही कतै देखेमा वा भेटेमा नजिकको प्रहरी चौकी वा उनका छोरा केशब रोकाय ९७४५५९२०७० अथवा स्थानीय मोहन बलायर ९८६५८३९९०२, गणेश बलायर ९८६८८०१५०७ संग खबर गरी दिन पनि परिवारले सबैमा अपिल गरेको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.