सुदूरपश्चिम सभ्यताको उद्गमस्थल हो ,प्रधानमन्त्री केपी शर्मा ओली

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताएका छन् ।

पोषण खाजा सम्बन्धि सन्देश

गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् ।

जिल्ला वन डोटी

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्दे त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताएका छन् ।

सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताएका छन् ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्म अनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताए ।-नेपाली हेडलाईन

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.