डोटीको बुडरमा आयोजित गौरा मेला सम्पन्न

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

डोटीको जोरायल गाउँपालिका वडा नम्बर –२ स्थित बुडर बजारमा जारी गौरा विशेष मेलाको मंगलबार समापन गरीएको छ । भदौ  ११ गते देखि संचालन भएको मेलाको हिजो मंगलबार रमाइलो डेउडा प्रस्तुतिका साथ समापन भएको हो । कला र संस्कृतिको रक्षा र जगेर्ना गर्ने उदेश्यका साथ धेरै मनकारी समाजिक सहयोगी ब्यक्तिको सहयोगमा मेला संचालन गरिएको थियो । बुडर बजारको घडेलमाण्डौ शिव मन्दिरको खुल्ला चौरमा लागेको  गौरा मेला संचालन गर्न राजेन्द्र ओझाको संयोजकत्वमा मेला आयोजक समिति गठन गरिएको थियो ।

 

वडा न २ का अध्यक्ष वीर बहादुर दर्लामीका अनुसार गौरा पर्व सम्पुर्ण सुदूरपश्चिमेलिको मुख्य चाड भएको साथै डेउडाको संरक्षण , प्रचारप्रसार र नयाँ पुस्तामा समेत यस्को महत्त्व बुझाउने उदेश्यले स्थानीय सबैको साथ सहयोगबाट मेलाको आयोजना गरिएको बताए। उनले गौरा मेलाले सोचेभन्दा बढी मनोरञ्जन संगै समाजमा सकारात्मक सन्देश गएकोले आउँदा बर्ष गौरा मेलामा आफ्नो सहयोग निरन्तरता गर्दै वडाबाट समेत सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनी उपस्थीती रहेको थियो। कलाकार गंगा के सी र दीर्घ फुलराले हिजो समापनको दिन डेउडामा सबै खेलाडी सहभागीलाई मनोरञ्जन दिएको मेला ब्यबस्थापन समितीका अध्यक्ष राजेन्द्र ओझाले बताए । उनका अनुसार ७ दिन सम्म चलेको मेलाको स्थानिय देखि डडेल्धुरा र कैलालीबाट पनि मानिसले डेउडामा मनोरञ्जन लिएको बताए । अध्यक्ष ओझाले गौरा मेलालाइ सभ्य र भब्य बनाउन सबैले आ आफ्नो स्थानबाट सहयोग गरेकोले सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छ्न ।

 

गौरा मेला आयोजना गर्न वडा अध्यक्ष वीर बहादुर दर्लामी संगै स्थानिय सामजसेवी युवा किरण मल्ल लगाएत धेरै सहयोगी ब्यक्तिबाट आर्थिक सहयोग समेत प्राप्त भयको मेला आयोजक समितिले जनाएको छ ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.