प्रज्ञा अभियान गायत्री परिवारद्वारा १५ दिने संगीत प्रशिक्षण शिविर सुरु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

हेमन्त जोशी,चौमाला, कैलाली । प्रज्ञा अभियान गायत्री परिवार मोहन्यालश्वर धामको आयोजना तथा अखिल विश्व गायत्री परिवारको समन्वयमा १५ दिने संगीत प्रशिक्षण शिविर चौमालामा सुरु भएको छ।

साउन १६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने शिविरको उद्घाटन गौरीगंगा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले गरेका हुन्। उद्घाटन समारोहमा वडा नं. १ का अध्यक्ष डबल दियाकोटी तथा अखिल विश्व गायत्री परिवार नेपालका समन्वय प्रमुख डा. विष्णु अर्याल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

पोषण खाजा सम्बन्धि सन्देश

कार्यक्रममा चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, हेमाश्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे), रुद्र कँडेल, तुलाराम साउँद, यज्ञनिधि कोइराला, विभिन्न गायत्री पीठका प्रमुख, धर्मप्रेमी, समाजसेवी, प्रशिक्षक तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला वन डोटी

समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले संगीतलाई केवल मनोरञ्जनको माध्यम नभई संस्कार, अनुशासन, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने प्रभावकारी साधनका रूपमा व्याख्या गरेका थिए। उनीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गरेका थिए।

शान्तिकुञ्ज हरिद्वार नेपाल जोनका सहजीकरण प्रमुख रामसिंह ठकुरीका अनुसार शिविरमा संगीत, कर्मकाण्ड, संस्कार, भजन, वादन तथा संगीतका सैद्धान्तिक र व्यवहारिक पक्षबारे अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण प्रदान गरिनेछ। बालबालिका, युवा तथा संगीतप्रेमीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै नयाँ प्रतिभाको विकास गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए।

आयोजकका अनुसार १५ दिने प्रशिक्षणले स्थानीय स्तरमा संगीत संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा आध्यात्मिक जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रेम ओझाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शान्तिकुञ्ज हरिद्वार नेपाल जोनका सहजीकरण प्रमुख रामसिंह ठकुरीले व्यक्त गरेका थिए।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.