आज खीर खाएर मनाइदै साउन पन्द्र

पुन्ना तालिम केन्द्र

आज  साउन १५ लाई खीर खाएर मनाइदै छ । नेपालमा असार १५ मा दही चिउरा र साउन १५ मा खीर खाने परम्परा चलन रहिआएकोले  आज(मंगलबार)  खिर खाएर मनाइँदै छ ।

जिल्ला वन डोटी

विभिन्न स्वादिला र तागतिला मसलाको प्रयोग गरि बनाइने खिरले  मानव स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन र बिश्वास रहिआएको छ । बर्षात समय भएका कारण गाइभैंसीले दूध बढी दिने भएपछि  चेलीबेटी, आफन्त साथीभाइलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । त्यस्तै साउन भगवान् शिवको महिना भएको र  शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाइ बनाएर  विधिपूर्वक शिवलाइ चढाउने  बिश्वास पनी छ  ।

परापुर्वकाल देखि आज सम्म  श्राद्ध लगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको पाइन्छ। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन्।

चामल, सावधाना, सेवइ, गाजर लगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । त्यसैगरी  खिर खानुपुर्व  देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास पनि  रही आएको पाइन्छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.