समविकास नेपाल डोटीले विपन्न महिलालाई बाख्रा वितरण कार्यक्रम सम्पन्न

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी, – समविकास नेपाल डोटीको आयोजनामा, डिसीए नेपालको सहयोगमा सन् २०१४ देखि डोटी जिल्लाका विभिन्न पालिकाका विपन्न तथा दलित महिलाहरूलाई बाख्रा वितरण गर्दै आएको छ। यस कार्यक्रमको उद्देश्य बाख्रापालनमार्फत महिलाहरूको आयआर्जन र रोजगारी सिर्जना गरी उनीहरुलाई आर्थिक रूपमा सशक्त बनाउनु र आत्मनिर्भर बनाउनु हो।

समविकास नेपाल डोटीका परियोजना संयोजक टेकबहादुर नेपालीले कार्यक्रमको उद्धेश्यका बारेमा जानकारी दिँदै भन्नुभयो, “विपन्न महिलाहरूलाई आयआर्जनको अवसर दिँदा उनीहरू सशक्त भई आफ्नो अधिकार प्राप्त गरी विभिन्न संरचनामा पहुँच पाउनेछन्।”

जिल्ला वन डोटी

कार्यक्रमको प्रमुख अतिथि शिखर नगरपालिका प्रमुख दिर्घ बहादुर बलायरले बाख्रा वितरण पछि अनुगमनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम शिखर नगरपालिका–८ का वडा अध्यक्ष लालबहादुर महराको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा समविकास नेपाल डोटीका कार्यकारी निर्देशक महेश त्रिखत्री, वडा सदस्यहरू र पत्रकारहरूको पनि सहभागिता रहेको थियो।

बाख्रा प्राप्त गरेपछि हर्ष व्यक्त गर्दै गिता कामिले भन्नुभयो, “अब आयआर्जन गर्ने नयाँ बाटो खुलेको छ। समविकास नेपाल डोटीलाई धेरै धन्यवाद।”समविकास नेपाल डोटीका अनुसार, शिखर नगरपालिका डोटीको समन्वयमा यो बाख्रा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.