काठमाण्डौँ देखि डोटीसम्म ….

मन्त्रालय सन्देश १

✍️ डिल बहादुर महरा ,डोटी ।

एकासी श्रावण सोह्र,काठमाण्डौँ बाटी ।
बसमी टिकट काटी,हिँडे आफ्ना डोटी ।।

पोषण खाजा सम्बन्धि सन्देश

बेनीघाट पहिरो पड्यो,दुई घण्टा रोकिए ।
घामले खल्खल पाडी,पसिना पोखिए ।।

बेलुकीको खाना खायाँ,गैँडाकोटतिर ।
यात्रा लामो हुँदाखेरी,अलि थियो पिर ।।

सत्र   गते   अत्तरिया,पुगे   पर्भातक ।
तुरुन्त पहाड जान्या,पायाँ गाडी लक ।।

जिल्ला वन डोटी

अत्तरिया दारु खायाँ,खान्डाडामी खाना ।
स्याउ खायाँ सहजपुर,काटी चाना चाना ।।

फल्टुँडे फलेका केला,कसा स्वादी पट्ट ।
सिलगढी लैजान्छु भनी,किनिहाले झट्ट ।।

वर्की  हेरे  फर्की  हेरे,बुडर  बजार ।
मनमी आनन्द आयो,हेरे वार पार ।।

गैरामी गल्केका आम,हेरे टुलुटुलु ।
मनले मानेन मान्यो,खायाँ खुलुखुलु ।।

साहुखर्क साउनकी खीर,एक बेले भच्काए
स्याउलेमी ओखर किने,दाँतले पच्काए ।।

बेलुकी निकेरी पुगे,दिपायल पिपल्ला ।
कैलेइ म भुल्लैन सक्दो,आफ्नै डोटी जिल्ला ।।

(कविवर  डिल बहादुर महराले भानु जयन्तीको अवसरमा असार ३१ गते साहित्य चाैतारिकाे रतज महाेत्सव तथा कविता प्रतियोगिता   द्वितीय  स्थान सहित नगद १५ हजार  प्राप्त गर्नु भएको थियो)

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.