धनगढी क्रिकेट एकेडेमीका ६ खेलाडी नेपाल प्रिमियर लिगका लागि अनुबन्ध

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अनुबन्ध भएका छन् ।
आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा डिसिएका ६ खेलाडीहरू नेपाल प्रिमियर लिगमा सहभागी हुने विभिन्न टिममा अनुबन्ध भएका हुन् ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

डिसिएका क्रिकेटर लोकेश बम सर्वाधिक बढी मूल्य १५ लाखमा विराटनगर किंगसका लागि खेल्ने छन् भने नारायन जोशीले पोखरा एभेन्जर्सका लागि १० लाखमा खेल्ने छन्।

यस्तै, विपिन रावल ८ लाख चितवन राईनोज, भोजराज भट्ट ४ लाख ५० हजार सुदूरपश्चिम रोयल्स, नरेन भट्ट २ लाख विराटनगर किंगस र राजु रिजाल २ लाख काठमाण्डु गोर्खा टिममा अनुबन्ध भएका छन्।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अक्सनमा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो भने आगामी १५ मंसिर देखि नेपाल प्रिमियर लिग हुने भएको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.