गहनान क्षेत्रमा मकर मेलासँगै खुला पुरुष भलिबल आयोजना हुने

क्षयरोग सिविर बस्ने सुचना
पुन्ना तालिम केन्द्र

डोटी । धार्मिक परम्परा तथा संस्कृति संरक्षणसँगै खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको मकर मेलाको अवसरमा डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

शिखर नगरपालिकामा अवस्थित पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गहनान क्षेत्रमा लाग्ने मकर मेलाको सन्दर्भमा श्री सिद्धेश्वर माध्यमिक विद्यालयको आयोजनामा, शिखर नगरपालिकाको आर्थिक सहयोग तथा शिखर नगरपालिका वडा नम्बर १० को समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

जिल्ला वन डोटी

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण पुरुष भलिबल टिम तथा खेलप्रेमी दर्शकहरूलाई आयोजकले हार्दिक आमन्त्रण गरेको छ। प्रतियोगिता श्री सिद्धेश्वर माध्यमिक विद्यालय, शिखर नगरपालिका–१०, डोटीको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ।

आयोजकका अनुसार टिम दर्ता २०८२ साल पौष २६ गते दिउँसो ४ बजेसम्म गर्न सकिनेछ। टिम दर्ता शुल्क रु. ५ हजार तोकिएको छ। प्रतियोगिता २०८२ पौष २७ गते बिहान ११ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले रु. १ लाख ५५ हजार ५ सय ५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई रु. ८८हजार८ सय ८८ तथा तेस्रो हुने टिमलाई रु. ५५हजार५ सय ५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधातर्फ पनि पुरस्कार प्रदान गरिनेछ। बेस्ट प्लेयरलाई रु. ३हजार५ सय तथा बेस्ट डिफेन्सर, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर र राइजिङ प्लेयरलाई जनही रु. २ हजार५ सय नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।खेल अवधिभरको खानपानको व्यवस्था खेलाडी स्वयंले गर्नुपर्नेछ भने खेल पोशाकबिना खेलाडीलाई खेलमैदान प्रवेश गर्न नदिइने जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.