जोरायलमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मन्त्रालय सन्देश १
पुन्ना तालिम केन्द्र

डोटी, जोरायल — जोरायल गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ आज मंसिर १७ गतेदेखि सुरु भएको छ ।२० गतेसम्म सञ्चालन हुने प्रतियोगिता जोरायल–४ कुँडिकोटस्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा भव्यरूपमा आयोजना गरिएको हो।

उद्घाटन समारोहको अध्यक्षता आयोजक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) अध्यक्ष सुनलाल थापाले गरेका छन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले प्रमुख अतिथिको रूपमा उपस्थित भएर प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै विद्यालयस्तरमै यस्ता गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिए।

पोषण खाजा सम्बन्धि सन्देश

त्यस्तै, विशेष अतिथिका रूपमा उपस्थित गाउँपालिका उपाध्यक्ष जमुना बोहराले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा ठूलो भूमिका खेल्ने भएकाले प्रत्येक विद्यालयले खेलकुदमा विद्यार्थीको सहभागिता बढाउनुपर्ने बताइन्।

जिल्ला वन डोटी

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तेज बहादुर खत्रीले गुणस्तरीय शिक्षासँगै खेलकुदलाई समानरूपमा प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दै यस वर्ष प्रतियोगिता अझ व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन हुँदै असल्याले उत्कृष्ट प्रतिभा पहिचान हुनेमा आशावादी रहेको बताए।

प्रतियोगितामा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सुरक्षाकर्मी, पत्रकार, विभिन्न खेलका निर्णायक तथा ११ वटा माध्यमिक विद्यालय (मा.वि.)का विद्यार्थी खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक पक्षले जनाएको छ।

पालिका खेलकुद प्रशिक्षक पवन कुमार शाहुका अनुसार प्रतियोगितामा एथलेटिक्स, तेक्वान्दो ,कराँते, भलिबल र कबड्डी सहितका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ। कुल ५४ स्वर्ण, ५४ रजत र ७८ कांस्य पदकका लागि छात्र–छात्राको उत्साहपूर्ण खेल प्रदर्शन हुने उनले बताए।

गत वर्ष छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि रामपुर माध्यमिक विद्यालयले जितेको थियो। यस वर्ष पनि विद्यालयहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.