प्रतिभा सामुदायिक पुस्तकालयको १५ औं साधारण सभा सम्पन्न

मन्त्रालय सन्देश १

कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको वार्षिक एवम् नियमित १५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

मंगलबार भएको उक्त कार्यक्रमको सभापतित्व प्रतिभा सामुदायि पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी ले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व मन्त्री लेखराज भट्ट रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विजय कुँवर, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उप-कुलपति डा.टी.एन. जोशी, शिखर नगरपालिका डोटीका पूर्व नगरप्रमुख सिताराम जोशी, गोदावरी नगरपालिका कैलालीका पूर्व नगर उप–प्रमुख रत्ना कडायत, अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाज–धनगढीका अध्यक्ष तीर्थराज पाण्डेय रहनुभएको थियो ।

पोषण खाजा सम्बन्धि सन्देश

आज सम्पन्न भएको संस्थाको १५ औं साधारण सभामा प्रतिभा सामुदायिक पुस्तकालयका १२० जना आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । पुस्तकालयका वर्तमान कार्य समिति सदस्य तथा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अङ्क–५का प्रधान सम्पादक श्री नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री राजबहादुर कडायतले गर्नुभएको थियो ।

जिल्ला वन डोटी

साधारण सभामा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अंङ्क–५ विमोचन गरिएको थियो । त्यसैगरी पुस्तकालयलाई विभिन्न किसिमले सहयोग पुर्याउने महानुभावहरु, यस क्षेत्रका साहित्यकार–स्रष्टा, सर्जकहरु तथा यस पुस्तकालयमा नियमित आई अध्ययन गर्ने पाठकहरुलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुनेहरुमा पुस्तक दानदाता सम्मान तर्फ डा.यज्ञराज पाठक र टेकराज भण्डारी संस्थागत सम्मान तर्फ अनिल पन्त (सुदूरपश्चिम प्रदेश निर्देशक) टी.भी. टुडे, नेटवर्क प्रा.लि. ,पृथ्वीनगर आमा समुह, गो.न.पा.१, पृथ्वीनगर, अत्तरिया–कैलाली र एभरेष्ट ऐकेडेमी,गो.न.पा.१,अत्तरिया–कैलाली रहेका छन ।

त्यसैगरी स्रष्टा–सर्जक सम्मान तर्फ गणेश नेपाली, (महासचिव) सुदूरपश्चिम साहित्य समाज, धनगढी, टी.आर. पाठक, धनगढी–५ तारानगर,श्री पदमराज जोशी, ‘भारद्वाज’ धनगढी–५,जाइँ,खेम बतास, गो.न.पा.-७ लालपुर, पदम राना, कृष्णपुर न.पा.-९ पचढकी, कञ्चनपुर , उन्नती चौधरी, धनगढी–७ मनेहरा र तोयनाथ भट्ट, शिखर न.पा.–७ गिल्ला, डोटी रहेको पुस्तकालयले जनाएको छ । पुस्तकालयले नियमित पाठक सम्मान तर्फ खडकराज, जोशी गो.न.पा.-२, तेघरी र किशोर भट्ट, गो.न.पा.-४, बास्कोटा,कैलाली लाई समेत सम्मान गरेको छ ।

साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आ.व.को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री धर्मसिंह कुँवरले गत आ.व.को आय–व्यय विवरण तथा आगामी आ.व.को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन साधारणसभाले सर्व सम्मत अनुमोदन गरेको छ ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.