डोटीमा दोस्रो बडिकेदार टी-२० क्रिकेट प्रतियोगिता हुँदै

मन्त्रालय सन्देश १
पुनप्रवेश परीक्षा घण्टेश्वर क्याम्पस

 

डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानामा दोस्रो बडिकेदार टी-२० क्रिकेट प्रतियोगिता तिहारको अवसरमा कात्तिक १० गतेदेखि आयोजना हुने भएको छ। प्रतियोगिता केदार युवा खेलकुद क्लबको आयोजनामा र वडा नम्बर ५ को आर्थिक सहयोगमा युबाबर्ष आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ।

बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहराका अनुसार, प्रतियोगिताले ग्रामीण क्षेत्रमा क्रिकेट खेलको रुचि बढाउन र अधिकतम खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको छ। डोटीका ग्रामीण क्षेत्रहरूमा क्रिकेट खेलको लहर चलेको र वडाले यस उद्देश्यलाई अघि बढाउन निरन्तर आर्थिक सहयोग गर्दै आएको अध्यक्ष बोहराले बताए।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

क्लबका तत्कालीन अध्यक्ष भरत चन्दका अनुसार, बडिकेदार गाउँपालिकामा पछिल्लो १०-१५ वर्षदेखि क्रिकेट खेल खेलाउँदै आएको छ। यस प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादनमा योगदान पुर्‍याउने र खेलकुद गतिविधिलाई थप प्रोत्साहन दिने लक्ष्य राखेको छ।

केदार युवा खेलकुद क्लबका अध्यक्ष चक्र मल्लले दिएको जानकारी अनुसार, प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ, उपविजेताले १७ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, ब्याटर, र बलरलाई पनि पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुने टिमको दर्ता शुल्क १,१०० रुपैयाँ तोकिएको छ, र खेलाडीहरूले आफ्नो परिचय खुल्ने कागजात पेस गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूको बस्नको व्यवस्था गरिनेछ भने खानाको व्यवस्थापन खेलाडीहरूले आफैं गर्नु पर्ने बताइएको छ।

यस प्रतियोगिताले डोटीको ग्रामीण क्षेत्रमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.