काठमाडौँ जिल्ला प्रशासनको आग्रह: चाडपर्व मर्यादित तरिकाले मनाउन सूचनासहितको अपिल

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्वको समयमा शान्ति सुरक्षा र सामाजिक मर्यादाको ख्याल गर्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ।

जिल्ला वन डोटी

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज जारी गरेको सूचनामा सार्वजनिक स्थानमा होहल्ला, झैझगडा, र मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवनमा खलल नगर्न सबैलाई सचेत गराइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

साथै, कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा, पटाका, र विस्फोटक पदार्थको प्रयोग तथा वितरण नगर्न आदेश दिँदै, त्यस्ता गतिविधिमा संलग्न भएकाहरूलाई कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

सूचनामा तिहार र छठलगायतका चाडपर्व मर्यादित रूपमा मनाउन र त्यस्ता कुनै पनि अवाञ्छित गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन स्थानीय बासिन्दालाई अनुरोध गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.