डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमालेको तालाबन्दी

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

 

डोटी—डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले पूर्वीचौकी गाउँकमिटीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। गाउँकमिटीका अध्यक्ष टेकबहादुर बोगटीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि पालिकाले स्वेच्छाचारी गतिविधि र कामकाजलाई सुधार गर्न तथा जनतालाई सहज र सरल रूपमा सेवा सुविधा उपलब्ध गराउन पेश गरिएको ७२ घण्टे ध्यानाकर्षण पत्रको सम्बोधन नगरिएपछि तालाबन्दी गर्न बाध्य भएको हो।

जिल्ला वन डोटी

प्रेस विज्ञप्तिमा भूकम्प पीडितहरूको राहत तथा पुनर्स्थापना, स्वास्थ्य सेवा, कृषि तथा पशु स्वास्थ्यमा संवेदनशील बन्नुपर्ने, र १० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने लगायतका पाँचबुँदे मागहरू राखिएका छन्। गाउँकमिटीका अध्यक्ष बोगटीले सम्बोधन नगरिएको अवस्थामा थप संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनीसमेत दिएका छन्।

पोषण खाजा सम्बन्धि सन्देश

पालिकाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न बाँकी नै छ भने स्थानीयहरूले तालाबन्दीका कारण सेवामा अवरोध भएको भन्दै चाँडो समाधानको माग गरेका छन्।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.