डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमालेको तालाबन्दी

डढेलो नियन्त्रण जोरायल गाउँपालिकाको सूचना
जोरायल २ माछा नमार्ने सूचना

 

डोटी—डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले पूर्वीचौकी गाउँकमिटीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। गाउँकमिटीका अध्यक्ष टेकबहादुर बोगटीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि पालिकाले स्वेच्छाचारी गतिविधि र कामकाजलाई सुधार गर्न तथा जनतालाई सहज र सरल रूपमा सेवा सुविधा उपलब्ध गराउन पेश गरिएको ७२ घण्टे ध्यानाकर्षण पत्रको सम्बोधन नगरिएपछि तालाबन्दी गर्न बाध्य भएको हो।

सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश

प्रेस विज्ञप्तिमा भूकम्प पीडितहरूको राहत तथा पुनर्स्थापना, स्वास्थ्य सेवा, कृषि तथा पशु स्वास्थ्यमा संवेदनशील बन्नुपर्ने, र १० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने लगायतका पाँचबुँदे मागहरू राखिएका छन्। गाउँकमिटीका अध्यक्ष बोगटीले सम्बोधन नगरिएको अवस्थामा थप संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनीसमेत दिएका छन्।

समाजिक विकास कार्यालय

पालिकाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्न बाँकी नै छ भने स्थानीयहरूले तालाबन्दीका कारण सेवामा अवरोध भएको भन्दै चाँडो समाधानको माग गरेका छन्।

 

vetnary doti sandesh
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.