
✍️तिरेश के सि
ऐतिहासिक श्री पसुपति काेटीहाेम महायज्ञमा मित्र द्वय राेशन दाहाल र लाफ्टर बाबाद्वारा लिखित पुस्तक ” शरीरमा आत्माको यात्रा” विमाेचन भएकाेछ । पुस्तककाे अपार सफलताकाे शुभकामना । दुवै लेखकलाई बधाई ।
यस महत्वपूर्ण कार्यमा हामीलाई पनि सम्झिनु भएकाेमा लाफ्टर बाबालाई सहृदय धन्यवाद ।
उक्त पुस्तक, संगीतकार आनन्द कार्की , बाल याेगेश्वर महाराज ( मानव सेवा फाउन्डेसनका संस्थापक, ऐतिहासिक श्री पसुपति काेटीहाेम महायज्ञका आयाेजक) जीकाे उपस्थितिमा कथा वाचिका चन्द्रकला सखीले गर्नु भएकाे थियाे ।

पुस्तक पढिसकेपछि याे ऐतिहासिक पुस्तक हाे भन्ने मलाई लागेकाे छ। यदि जीवनलाई फराकिलो ढङ्गले बुझ्ने हाे भने पुस्तक सबैले पढ्न जरुरी छ जस्ताे लाग्याे ।
याे पुस्तक जन्म , मृत्यु, पूनर्जन्म , पूर्वजन्म, परलाेक, नर्क जस्ता कुरालाई १६ बर्षदेखि ६ हजार मानिसहरूमा गरेकाे “पूर्व जन्मकाे अभ्यास” अनुभवमा आधारित भएकाले याे काल्पनिक नभएर यथार्थमा आधारित छ भन्ने मलाई लाग्याे भनेर पुस्तक समिक्षा लेख्नु हुन्छ।
(उहाँ लाईफ काेच टेनर,प्रखर वक्ता ,राम्रो लेखक र स्टार्ट लिभिङका सिइओ हुनुहुन्छ ।)
✍️योगि नवराज छम (पुर्ब जन्ममा “हासेका” लाफ्टर बाबा )
कोहि कोहि मानिस यस्ता हुन्छ्न, जस उपर आफै शब्द बर्सिन्छ्न, स्यम सिङ्गो पुस्तक देखिन्छ्न, जस्लाइ जताबाट पढे पनि प्रेरणा मिल्छ । अक्षरमा छापिएका “च्याप्टर” हरुका भर र बिस्वसनियता नहुन सक्छन तर स्वय ब्यक्ती उदाहरणमा उभिदा हृदय स्वत नतमस्तक हुन्छन, कुनै कृतिम व्यबहारको सहारा लिनै पर्दैन ।
बिगत २० बर्ष देखि अटुटरुपमा मैले संगत गरेका पात्र मध्य एक हुन लाफ्टर बाबा । कहिले काहीँ त सङ्गत यति निकट हुन्थ्यो कि सायद जोई र पोइ पनि त्यति निकट हुन्न थ्यो होला ! उनको अटुट सेवाभाव देख्दा मेरा अह्कार पानी पानी हुन्थ्यो । त्यति मात्र कहाँ होर कति पए उन्का व्यबहार देख्दा मेरा कलम र शब्द आफैमा अनिच्छुक हुन्छ्न अघि बड्न – कारण यी कुरा अनुभूति योग्य छन नत लेखेरै देखाउन !
औपचारिक साधना म भन्दा पछि सुरु गरेपनी उनी “६०प्रतिशत ” जति पहिल्यै योगि थिए जस्तो लाग्छ । उन्को पुर्ब जन्म बारे भएको रुचि पुर्ब जन्मबाटै आएको जस्तो लाग्थ्यो । कता छन भनेर उनलाइ खोज्दा- “फलानो यो जन्ममा यो थ्यो, फलानो यहाँ पुग्यो, फलानोले यसो गरो- के के सुन्दा अच्म्म लाग्थ्यो- त कहिले त झ्याउनै । किनकी जो क्षेत्रमा आफ्नो अनुभव कम । उनले यस क्षेत्रमा झन्डै पेन्सननै पकाएका छन । र सयौका टेन्सन दुर गरेका छन ।

अब जाउ उन्ले जन्माएको पहिलो पुस्तक “शरिरमा आत्माको यात्रा” । हुनत पुस्तक म सङ्ग भर्खर आइपुग्यो पढ्न पाको छैन । पुस्तक भन्दा बढि मैले उन्लाइ दुई दशक देखि पढेको हुदा किताबमा भएका कन्टेन आफैमा अनुभव र साधनाले चुर्लुम्म भिजेका छन भन्ने कुरामा ढुक्क छु । त्यहा माथी पनि अर्का मेरा हृदयका करिब मित्र रोशन दाहालको कलम, हृदय, र शैलिले शत प्रतिसत साथ दिएको कुरा थाहा पाउँदा पक्कै पुस्तक गहकिलो र भाषा शैलीमा पनि डिस्टिन्सन ल्याउछ कारण “दाहाल” आफैमा स्थापित आधात्मिक अनुभूति भएका अनुभवी लेखक हुन जस्का रचना र कृति बजारमा सुपरहिट छन, विश्व बिधालयमै समाबेस भएका छन ।
अब आउ अन्त तिर, आजकाल पुर्बजन्मका बिज्ञापन यति देखिन्छ्न कि सोसल मीडियामा हेर्दा “ओ. एम. जी.” नै लाग्छ, तर लिन जाउ भन्दा “फी” सुन्दा यहि जन्म नै ठिक लाग्छ ! तर लाफ्टर बाबाले फी कहिल्यै तोक्न सकेनन कारण वास्तविक अध्यात्ममा बाचेको मनिसले ब्यापार आड सायद लिनै सक्दैन कि जस्तो लाग्छ । तर आजकल आफुलाइ गुरुडम घोषित गर्दै साधना, चरित्र र अनुभवको सुक्को अनुभव नभएका शोसल मिडियाका स्टार र पुर्ब जन्म जस्तो सम्बेदन सिल विषयका अनुभव हिन व्यापार गर्ने हरुका माझ लाफ्टर बाबाको किताब घना बादल बिच उदाएको सुर्य बन्दै पुर्ब जन्मको क्षेत्रमा अनुभव र साधनाको कोशे ढुङ्गा बन्न सकोस मुरि मुरि शुभकामना !
(उहाँ नेपालकाे इतिहासमा पहिलोपटक २७ घण्टा प्रवचन दिन सफल व्यक्ति हुनुहुन्छ।हाल उहाँले माेटिभेशन ,सुपरलर्निङका साथै याेग प्रशिक्षण दिने गर्नुहुन्छ ।)


