

आज नाग पंचमी हिन्दु धर्मावलम्बीले नागको पुजा गर्दै आफ्नो घरको दैलो माथी नागको तस्बिर टाँसेर मनाउदै छन । पंचाग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन नागको पूजा गरिन्छ।नागपञ्चमी हिन्दुहरुको एक श्रद्धा र विश्वासको पर्व हो। यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पनि पूजा आराधना गर्ने गरिन्छ।
नाग पंचमीको दिन नग देवताको प्रतीकको रूपमा, चाँदी, पत्थर, काठ, वा चित्रकलाबाट बनेको नागा वा नाग देवतालाई दूधले श्रद्धापूर्वक स्नान दिइन्छ । परिवारको कल्याणको लागि उनीहरूको आशीर्वाद माग्ने र घरको दैलो माथि नागको तस्बिर टाँस्ने गरिन्छ। यस दिन जिउँदो सर्प वा विशेष गरी नागलाई दूध प्रसादको रुपमा दिएर पूजा समेत गर्ने गरिन्छ।
(यस्तो छ नाग पंचमी मनाउनुको पौराणिक किंवदन्ती )
महाभारतमा, ऋषी अगस्तिकले राजा जनमेजयलाई त्याग गर्न र अन्ततः सर्प जाति (सर्प सत्र) लाई नष्ट गर्नबाट रोकेको भनेर बर्णन गरिएको छ। यो बलि जनमेजयले आफ्ना पिता परिक्षीतको मृत्युको बदला लिनका लागि गरेका थिए, जसलाई सर्पका राजा तक्षकले मारेका थिए। जुन दिन बलि बन्द गरिएको थियो, त्यो दिन साउन महिनाको शुक्ल पक्ष पञ्चमीका दिन थियो। यस यज्ञको क्रममा सम्पूर्ण महाभारतको वर्णन सर्वप्रथम षि वैशम्पायनले गरेका थिए।सोही दिनदेखि यस दिनलाई नाग पञ्चमीको रूपमा मनाइँदै आएको किंवदन्ती पाइन्छ।


