एनपीएलमा विराटनगर किङ्सको पहिलो रोमाञ्चक जित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले आफ्नो पहिलो जित दर्ता गरेको छ। रोमाञ्चक खेलमा विराटनगरले लुम्बिनीलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै, विराटनगरले १९.५ ओभरमा १९३ रन बनायो। अन्तिम ओभरमा १६ रन चाहिँदा क्रिस सोलले लगातार दुई चौका, एक छक्का, र दुई वाइड बलको फाइदा उठाउँदै टोलीलाई जित दिलाए।

पोषण खाजा सम्बन्धि सन्देश

विराटनगरले पावरप्लेमा १ विकेट गुमाउँदै ५४ रन जोड्यो। ओपनर लोकेश बमले ४७ बलमा ३ चौका र ६ छक्कासहित ७१ रन बनाए। उनले वसिर अहमदसँग पाँचौं विकेटका लागि ७८ रनको साझेदारी गरे। वसिरले २३ बलमा ४ चौका र १ छक्कासहित ४० रन बनाए।

जिल्ला वन डोटी

लुम्बिनीका बलर दुर्गेश गुप्ताले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने साद बिन जफर र रेमोन्ड सिमोन्डले २/२ विकेट लिए।

यसअघि, लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो, जुन एनपीएल २०८१ को अहिलेसम्मकै उच्च स्कोर हो। कप्तान रोहित पौडेलले ४६ रनको उत्कृष्ट पारी खेले भने टम मोरिसले १७ बलमा ३० रन बनाए।

विराटनगरका बलर सन्दीप लामिछाने, राजेश पुलामी, र इस्मात आलमले समान १/१ विकेट लिए।

पहिला दुई खेलमा हार बेहोरेको विराटनगरका लागि यो जितले टोलीलाई आत्मविश्वास बढाएको छ। प्रतियोगितामा अब थप रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.