
डोटी :नेपाल पत्रकार महासंघ डोटी शाखाले प्रदान गरेको कृयाशिल टेलिभिजन पत्रकरिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजन डोटी जिल्ला संवाददाता सुबास नेपाली सम्मानित भएका छन।

हरेक वर्ष महासंघले प्रदान गर्ने ५ बिधाका पुरस्कर अन्तरगत नेपाल पत्रकार महासंघको १४ औ वार्षिक साधरण सभा तथा ८औ जिल्ला अधिवेशनका अवसरमा नेपाली कृयसिला टेलिभिजन पत्रकारिता पुरस्कार बाट सम्मनित भएका हुन।
सम्मनित भएका नेपालीलाई जिल्ला समन्वय समिती डोटीका समन्वय प्रमुख लक्षमण बहादुर सिंहले कदर पत्र , नगद र दोसल्ला सहित सम्मान गर्नु भएको हो।

कार्यक्रममा छापा मिडिया पत्रकरिताबाट रामहरी ओझा ,महिला पत्रकारिताबाट,रश्मि कुवर,अनलाईन पत्रकारिताबाट किरन धामी र रेडियो पत्रकारिता पुरस्कारबाट धिरेन्द्र चटौत सम्मानित भएका थिए।



