डोटीको बडिकेदार गाउँपालिकाले दियो कार्तिक १७ र १८ गते सार्वजनिक बिदा

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी  :  बडिकेदार गाउँपालिकाले यहीँ कार्तिक १७ र १८ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिकेदारमा मेला लाग्ने भएकाले कार्तिक १७ र १८ गते सोमबार र मंगलबार दुई दिन  सार्वजनिक बिदा दिएको हो ।

शुक्रवार गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, गैर सरकारी सङ्घसंस्थाहरू, वित्तीय सङ्घसंस्था तथा विद्यालयहरूमा बिदा दिने जनाएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा रहेको बडिकेदारमा कार्तिक शुक्ल त्रयोदशीको राति र शिव वैकुण्ठ चतुर्दशीको दिन दिउँसो मेला लाग्ने गर्दछ ।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भएकोले  ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गरेका बडिकेदार धामका मुख्य पुजारी सिद्धराज बिनाडिले बताउनु भयो ।

बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको विपी नगर, खँड्यौली बजार  अत्तरकाडा बजार  हुँदै पार्किङ सम्म  सडक सुविधा रहेको छ। सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिने बडिकेदार क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिका निबर्तमान कार्यकारी अधिकृत तथा बडीकेदार धाम मेला संचालन   समिती  संयोजक दिपेन्द्रराज सिराडिले बताउनु भयो ।

बडिकेदार धाममा तीन चार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुण्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारू समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.