खप्तडमा पर्यटकका लागि बस्ने–खान्ने सुविधा पर्याप्त : रावल

पुन्ना तालिम केन्द्र

डोटी ।
सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तडमा हाल बस्ने र खान्ने कुनै समस्या नरहेको होटल व्यवसायीहरूले बताएका छन्। खप्तड क्षेत्र प्रचार–प्रसारका लागि गएको सञ्चारकर्मी टोलीसँगको कुराकानीमा खप्तड बाबा एण्ड शान्ति होटलका सञ्चालक लोकबहादुर रावलले अब पर्यटकलाई बस्ने–खान्ने चिन्ता लिनु नपर्ने स्पष्ट पारे।

उनका अनुसार विगतमा शौचालय, पानी, उज्यालो र टेलिफोन सुविधा अभाव रहेको खप्तडमा अहिले ती सबै समस्या समाधान भइसकेका छन्। हाल दुईवटा गेष्टहाउसमा करिब ५० जनासम्मलाई बस्ने सुविधा उपलब्ध छ भने खानपिनका लागि आफू तीन महिना अघिदेखि नै खाद्यान्न रासन संकलन गरेर राख्ने गरेको रावलले जानकारी दिए। हिमपातका बेला समस्या नहोस् भन्नका लागि अग्रिम तयारी गर्ने उनले बताए।

“मसँग एकै पटक ४०–५० जनासम्मलाई खान खुवाउने क्षमता छ। पर्यटकले रुचि अनुसारको स्थानीय परिकार समेत खुवाउँछु,” रावलले भने। उनका अनुसार दाल, भात, कोदो, गहुँ, मकै, तरकारी, दही, दूध, घ्यू जस्ता अर्गानिक खानेकुरा प्रयोग गर्ने भएकाले पर्यटकलाई मन पर्ने गरेको छ।

जिल्ला वन डोटी

खप्तड क्षेत्र पर्यटन व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेम जोशीले होटल व्यवस्थापन र खाना पकाउने तालिम दिइएको कारण बसाइको सुविधा अझै सहज भएको बताए। उनले बिचपानीमा २० बेड क्षमताको आधुनिक होटल सञ्चालनमा आएको र खप्तडमै १०० बेडको सुविधा सम्पन्न होटल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए। जोशीका अनुसार निर्माणाधीन होटल आगामी कार्तिक महिनामा पर्यटनमन्त्रीबाट उद्घाटन हुने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा र खप्तड राष्ट्रिय निकुञ्जको पहलमा सञ्चालन भइरहेको होटल निर्माणबारे रेन्जर परशुराम कठायतले बिचपानीमा २० बेड भएको होटल तयार भइसकेको र ८० बेड क्षमताको आधुनिक होटल भवन निर्माणाधीन रहेको जानकारी दिए। ठेकेदार प्रेमबहादुर बिष्टका अनुसार भदौ महिनाभित्रै निर्माण कार्य पूरा गर्ने योजना छ।

यसैबीच, होटल सञ्चालकहरूले पानी अभावको केही समस्या रहेको बताए। समितिले यसै वर्ष सोलार लिफ्टिङ खानेपानी आयोजना सुरु गर्ने लक्ष्य लिएको छ।

पर्यटकहरूको सुविधाका लागि यातायातमा समेत सुधार भएको छ। सिलगढीबाट लामो पैदलयात्रा गर्नुपर्ने गुनासो अब कम भएको छ, किनभने हाल झिग्रानासम्म मोटर बाटो पुगेको छ। स्थानीयले अब बिचपानीसम्म पनि सडक विस्तारको माग गरिरहेका छन्।

स्थानीय होटल व्यवसायी हेमन्त बिष्टले सडक विस्तार भए पर्यटक संख्या अझ बढ्ने र स्थानीयलाई पनि प्रत्यक्ष फाइदा हुने विश्वास व्यक्त गरे।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.