डोटी, – श्री महाकाली माध्यमिक विद्यालय, अलैतवडा सायलले आफ्नो ६२औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी प्रमुख अतिथि रहनुभएको थियो। उहाँले विद्यालयको समग्र विकासका लागि निरन्तर प्रयास जारी रहने बताउनुभयो।


कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निर्मला बोहरा ओली, प्रवक्ता नवराज उपाध्याय, वडा नम्बर ६ का वडाध्यक्ष दीपक बहादुर साउद, कार्यपालिका सदस्य डमर बिक र राजु कटुवाल तथा स्रोत शिक्षक रवीन्द्र प्रसाद सहभागी थिए।
विद्यालयका प्रधानाध्यापक रणबहादुर साउदले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका उपलब्धि र चुनौतीहरूबारे जानकारी गराउनुभयो।
तीन दिनसम्म चलेको यो कार्यक्रम मिति २०८१ मंसिर २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। विद्यार्थीहरूका विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, र नाटकले उत्सवलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमले विद्यालयको शैक्षिक र भौतिक विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।



