आर्यन र आशा फिचरिङ “अन्तिम भेट” सार्वजनिक

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

काठमाडौं : नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।

यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अन्तिम भेट ” बोलको म्युजिक भिडियो Kumar Chaulagain युट्युब च्यानलबाट रिलिज भएको हो।

पोषण खाजा सम्बन्धि सन्देश

गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

जिल्ला वन डोटी

गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।

भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ।

गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ।

हेर्नुस् भिडियो..

https://youtu.be/cm5SmyMTLvU?si=LZxjM9lLvcqfzMG1

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.