
डोटी- सुदुरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित बडिकेदार (ठुला केदार) धाम शक्तिपीठमा भौतिक संरचना निर्माणले तिब्रता पाएको छ ।

पर्यटन विभाग सँगको सहकार्यमा बडीकेदार धाम क्षेत्रमा भौतिक संरचना निमार्णको कार्य तीव्र रूपमा अगाडी बढाई रहेको निमार्ण कम्पनी कल्पवृक्ष एन्ड जलुकेनी जेबीले जनाएको छ । कम्पनीका अनुसार पार्किङ स्थलसम्म सडक नाली, पार्किङ स्थलमा प्रतीक्षालय, शौचालय, प्रशासनिक भवन, पार्किङ स्थल देखी गाथ सम्म रेलिङ र सि ल्याब सहितको बाटो, ठाउँ ठाउँमा खानेपानीको व्यवस्था, विश्राम स्थल निमार्ण भैरहेको छ ।

सङ्घीय सरकारबाट करिब ९ करोड रुपैयाँ बडिकेदार धाम क्षेत्रको विकासका लागि विनियोजन गरिएकोमा ६ करोड ८५ लाखमा पर्यटन विभागले ठेक्का सम्झौता गरेको बडिकेदार क्षेत्र, पर्यटन विकास व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताउनु भएको छ। कार्यकारी अधिकृत सिराडीले बडिकेदार धाममा निर्माण भैरहेका भौतिक संरचनाहरुको गुणस्तरीयता लगायतका बिषयमा समेत सम्बन्धि निकाय तथा सरोकार वालालाई अनुगमनको लागि समेत आग्रह गर्नु भएको छ ।



