सुर्खेतको पंचपुरी नगरपालिकाको शैक्षिक टोलीलाइ डोटीको दिल्पेश्वर माविमा स्वागत

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

कर्णाली प्रदेशको सुर्खेतस्थित पंचपुरी नगरपालिकाबाट उपप्रमुख मुक्तिदेवी रेग्मीको नेतृत्वमा आएको ८३ सदस्यीय शैक्षिक टोलीलाई डोटीको दिल्पेश्वर माध्यमिक विद्यालयमा स्वागत गरिएको छ।

शैक्षिक भ्रमण टोलीमा पंचपुरी नगरपालिका उपप्रमुख मुक्तिदेवी रेग्मी , वडा नम्बर २ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक यामबहादुर बिसी, शिक्षा शाखा प्रमुख तुल्सी पुरी बम, ५३ सामुदायिक विद्यालयका प्रधानाध्यापक, ९ निजी विद्यालयका प्रतिनिधि, जनता क्याम्पस प्रमुख, र पेसागत महासंघका सदस्यहरू सहभागी थिए। भ्रमणको उद्देश्य शैक्षिक अनुभव आदान-प्रदान र गुणस्तर सुधारका सफल अभ्यासहरूको अध्ययन गर्नु रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

दिल्पेश्वर माविका प्रधानाध्यापक दिर्घ कठायतले विद्यालयको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै २०१२ सालमा स्थापना भएको यो विद्यालयले २०३७ सालदेखि मावि तहको शिक्षा सञ्चालन गरेको र २०६४ मा खुल्ला विद्यालयको रूपमा मान्यता पाएको जानकारी गराए। विद्यालयले २०७३ सालदेखि कक्षा ९-१२ का लागि सिभिल इन्जिनियरिङ कार्यक्रमसमेत सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

विद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावकसँग समन्वय गर्दै १२,५०,००० रुपैयाँ बराबरको ६ वटा अक्षयकोष स्थापना गरेको प्रधानाध्यापक कठायतले जानकारी दिए । उनका अनुसार विद्यालयको निरन्तर प्रयास र स्थानीय सहयोगकै कारण राष्ट्रियस्तरमा उत्कृष्टता हासिल भएको बताए।

भ्रमणमा सहभागी उपप्रमुख मुक्तिदेवी रेग्मीले परम्परागत पूर्वमुखी शैक्षिक भ्रमणलाई परिवर्तन गर्दै पश्चिमतिर ध्यान केन्द्रित गरिएको बताइन्। उनले पंचपुरी नगरपालिकाले शिक्षा क्षेत्रमा पर्याप्त बजेट व्यवस्थापन गर्दै स्थानीयस्तरमा नमुना काम गरिरहेको उल्लेख गरिन्। रेग्मीले यस्ता भ्रमणले विद्यालयहरूबीच अनुभव आदान-प्रदान गरी गुणस्तर सुधारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

भ्रमण टोलीले दिल्पेश्वर माविबाट सिकेका अभ्यासहरूलाई पंचपुरी नगरपालिकाका विद्यालयहरूमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र नयाँ सन्देश
Leave A Reply

Your email address will not be published.