बझाङको बुङ्गल नगरपालिकामा पहिलो प्रिमियर लिग आयोजना तयारी , ५ टिमको सहभागिता निश्चित

मन्त्रालय सन्देश १
स्वान फ्ल्यु सूचना जोरायल गा पा

बझाङ। बझाङको बुङ्गल नगरपालिकामा पहिलो संस्करणको बुङ्गल प्रिमियर लिग (BPL) २०८२ मा आयोजना हुने भएको छ। मंगलबार एक आधिकारिक सूचना जारी गर्दै आयोजकले आगामी वर्ष लिगको आयोजना गर्ने जानकारी दिएका छन्।

जिल्ला वन डोटी

यस लिगमा पाँचवटा टिमको सहभागिता रहनेछ। पिपलकोट टाइगर्स, खिरातडी रोयल्स, देउलिकोट हिरोज, कफलसेरी लायन्स र दहबगर किङ्स समावेश रहेका छन्। आयोजकले नयाँ वर्षको अवसरमा लिगको तयारी सुरु गर्ने योजना बनाएका छन्। यदि केही ढिलाइ भएमा दशै र तिहारको अवसरमा लिग सञ्चालन हुने सम्भावना रहेको बताइएको छ।

पोषण खाजा सम्बन्धि सन्देश

लिगमा सहभागी हुने टिमका लागि इच्छुक व्यक्तिहरूले टिम खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। अक्सन, खेलाडी छनोट र अन्य विवरणहरू चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएका छन्।

 

 

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.